भरतपुर । सिटी डेभलपमेन्ट बैंकले नारायणगढ लायन्सचोकमा शाखा कार्यालय स्थापना गरेको छ ।
सिटी डेभलपमेण्ट बैंक तथा समुद्घाटन कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार बटाजुले भरतपुर नगरपालिकाको फोहोर मैला व्यवस्थापन शाखासँग सम्बन्धित सबै कर्मचारीहरुलाई पोसाक वितरण गर्न नगरपालिकाका अधिकृत मधुराम दवाडीलाई पोसाकहरु हस्तान्तरण गरी शाखा कार्यलयको समुद्घाटन गर्नुभयो ।
बैंकले २०७० चैत्र मसान्तसम्ममा ३ अर्ब ६१ करोड निक्षेप संकलन, २ अर्ब ७२ करोड कर्जा लगानी र १० करोड ७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
Discussion about this post