रत्ननगर । रत्ननगरमा आयोजना गरिएको घरेलु फोहोरबाट कम्पोस्ट मल बनाउन सिकाउने उद्देश्यले आयोजना गरिएको दुई दिने तालिम शनिबार सम्पन्न भएको छ ।
रत्ननगर–८ मा रहेको सक्षम आमा समूहले आयोजना गरेको सो तालिममा २० वटा टोलका ५५ जनाको सहभागिता रहेको थियो । तालिममा जिल्ला कृषि विकास कार्यालयका धनबहादुर थापा, शिवराज पौडेल, निलकण्ठ पौडेल र कृषिसेवा केन्द्र रत्ननगरका दीपक पौडेलले सहजीकरण गर्नुभएको थियो ।
रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा समूहकी सचिव दुर्गा बराल, सदस्य विन्दा खड्कालगायतले बोल्नुभएको थियो । समूहकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post