भरतपुर । सृजना बचत कल्याण कोष भनपा–१४ को आयोजनामा शनिबार दुर्गाचोकमा रक्तदान कार्यक्रम भएको छ ।
कार्यक्रममा २५ जना महिलासहित १०१ जनाले रक्तदान गरेको कोषका राजु नेपालले जानकारी दिनुभयो । कार्यक्रम कोषका अध्यक्ष ओमकार कँडेलको सभापतित्व एवम् नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
Discussion about this post