भरतपुर । नेपाल पत्रकार महासंघ र विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको संयोजनमा नारायणगढमा शनिबारदेखि पाँचदिने सूचनाको हक र खोजी पत्रकारिताबारे तालिम सुरू भएको छ ।
तालिमको प्रशिक्षकहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष शिव गाउँले, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी र नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने रहुनभएको छ । तालिममा चितवन, मकवानपुर र बारा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन महासंघ चितवन शाखाका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post