गैंडाकोट । गैंडाकोट पोलिटेक्निक प्रालि गैंडाकोटको आयोजनामा एकदिने निःशुल्क दाँत तथा छालाको स्वास्थ्य परीक्षण भएको छ । परीक्षणमा १५३ जनाले दाँतको परीक्षण गराएका थिए भने १५० जनाले छाला रोगसम्बन्धी बिरामीहरुको परीक्षण गरिएको थियो । वरिष्ठ दाँत रोग विशेषज्ञ डा अजित शाह र वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डा उमेश थापाले बिरामीको परीक्षण गर्नुभएको थियो ।
त्यस्तै, नेपाल औषधी व्यवसायी संघ जिल्ला उपशाखा चितवनले औषधी व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि शनिबार डेन्टल केयर अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संघका जिल्ला अध्यक्ष शिवप्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर अजय न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
Discussion about this post