ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राखेपका नवनियुक्त बोर्ड सदस्यहरुलाई सम्मान

by चितवन पोष्ट
२०७७ पुष १, बुधबार १०:३३ गते
in खेलकुद, समाचार
0
राखेपका नवनियुक्त बोर्ड सदस्यहरुलाई सम्मान
2
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्यहरुले खेलकुदमार्फत चितवनलाई चिनाउन ढिला भएको भनी चिन्ता व्यक्त गरेका छन् । बोर्ड सदस्य गोविन्द भट्टराईले आर्थिक, राजनीतिक, पर्यटकीय केन्द्रको रुपमा रहेको यस जिल्लामा खेलकुदलाई उच्च प्राथमिकता दिनुपर्नेमा कसैको पनि ध्यान नपुग्नु दुःखको विषय भएको बताए ।
हाल निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला एउटा गहनाको रुपमा रहे पनि अन्य खेलकुदका भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने सदस्य भट्टराईको भनाइ छ । ‘चितवनमा विभिन्न खेलकुद गर्न÷गराउन मिल्ने पूर्वाधार तयार गर्न सकिन्छ’, सदस्य भट्टराईले भने, ‘धेरै संरचना बनाएर निष्क्रिय हुनुभन्दा केही प्रतिनिधिमूलक र मह¤वपूर्ण पूर्वाधार तयार पारी सक्रिय हुनु राम्रो हुन्छ ।’ चितवनमा साहसिक र पर्यटकीय गतिविधिसँग जोडेर खेलहरु सञ्चालन गर्न सकिने सुझाव दिँदै उनले यसका लागि इच्छाशक्ति नै मह¤वपूर्ण विषय भएको बताए ।
दुई सय बढी खेलकुद कार्यक्रमहरु रहेको भन्दै उनले खेलको संख्या कम गराउनु पनि आजको आवश्यकता रहेको बताए । देश संघीयतामा गएसँगै खेलकुदका संरचनाहरु पनि संघीयतामैत्री भएकाले यसमा कुनै अप्ठेरो नमान्न चितवनबाटै बोर्डमा प्रतिनिधित्व गरेको सदस्य सुवास श्रेष्ठले आग्रह गरे ।
चितवनमा नयाँ योजना
खेलकुदको भौतिक पूर्वाधार विकासका लागि जिल्लामा नयाँ योजनाहरु अघि सारिएको बोर्ड सदस्य भट्टराईले बताए । रत्ननगर सौराहाआसपास गल्फ कोर्स, बेस र सफ्ट बल खेल मैदान बनाउन आफूहरुले गृहकार्य थालेको बोर्डका अर्का सदस्य सुवास श्रेष्ठले बताए ।
नवनियुक्त बोर्ड सदस्यहरु सुवास श्रेष्ठ र गोविन्द भट्टराई चितवन जिल्लावासी हुन् । चितवन जिल्लाबाट प्रतिनिधित्व गरेकोमा जिल्ला खेलकुद विकास समिति चितवनले मंगलबार उनीहरुलाई स्वागत एवम् सम्मान गरेको छ । समितिको कार्यालय भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रामजी ढकालले खेलकुदको विकासका लागि माथिल्लो तहका नीति निर्माता र संघसंगठनका व्यक्तिहरु नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

 

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In