रामपुर । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार सम्पन्न गौतमबुद्ध कपमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । राप्तीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा रोमाञ्चक खेलमा नारायणीले दिएको १३९ रनको लक्ष्य राप्तीले ९ विकेट गुमाएर अन्तिम बलमा भेट्टाएको हो ।
राप्तीको ब्याटिङमा कुशल भूर्तेलले सर्वाधिक ६५ रन बनाए । उनले ४१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । भूर्तेलले आक्रामक ब्याटिङ गर्दा एक समय सहज जिततर्फ अघि बढेको राप्तीले ११औँ ओभरमा भूर्तेल आउट भएपछि भने जितका लागि संघर्ष गर्नुप¥यो । भूर्तेललाई ११औँ ओभरमा किशोर महतोले बोल्ड गरेका थिए ।
कमल ऐरीले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंह ऐरीले त्यसपछि एक किनार सम्हाल्दै टिमलाई जिततर्फ डो¥याए । आसिफ शेखले १४, सुमित महर्जनले १२ रन बनाए । विनोद भण्डारी र हरि चौहानले समान ४ रन बनाए भने अमित श्रेष्ठले खाता खोल्न सकेनन् ।
खेलको अन्तिम २ ओभरमा जितका लागि १९ रन आवश्यक हुँदा करन केसीले गरेको १९औँ ओभरमा ऐरीले १ छक्का र २ चौका प्रहार गरेका थिए । अन्तिम ओभरमा जित्न ४ रन आवश्यक हुँदा नारायणीका तीव्र गतिका बलर दिपेश श्रेष्ठले पहिलो ४ बलमा मात्र २ रन खर्चिए । अन्तिम २ बलमा जित्न २ रन आवश्यक हुँदा श्रेष्ठले पाँचौँ बलमा डट बल फाले । अन्तिम बलमा जितका लागि २ रन आवश्यक हुँदा श्रेष्ठले फुल टस बल दिए, जसलाई अम्पायरले ‘नो बल’ दिँदा ऐरीले १ रन लिँदै टिमलाई रोमाञ्चक जित दिलाए ।
कमजोर सुरूवात गरेको नारायणीले पहिलो ४ विकेट २८ रनको योगफलमै गुमाउन पुग्यो । प्रतियोगिताको फाइनलमा आज मंगलबार राप्ती र नारायणी नै खेल्नेछन् । कोरोना महामारीपछि बन्द रहेको घरेलु क्रिकेट फेरि सञ्चालनका लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगका निम्ति बागमती क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।
Discussion about this post