भरतपुर । बदलिँदो परिवेशअनुसार प्राविधिक पक्षमा सुधार आउन नसकेपछि चितवनका दर्शकहरुले गुनासो रहँदै आएको
छ । नयाँ प्रविधि र चलचित्र बजारलाई आत्मसात् गर्दै चितवनकै पहिलो गणेश चलचित्र मन्दिरले ग्राहकको गुनासो चिर्ने प्रयास गरेको छ ।
गणेश चलचित्र मन्दिरले बालकोनी र स्पेशलमा रहेका पुराना सिटलाई परिवर्तन गरी नयाँ र आरामदायी फोल्डिङ सिटमा रुपान्तरण गरेको छ । गणेशमा यसअघि बालकोनीमा २१२ र स्पेशलमा ४४८ सिटको क्षमता थियो ।
आम दर्शकहरुको मागलाई मध्यनजर गर्दै उच्चस्तरको सेवा प्रदान गर्ने उद्देश्यले नयाँ फोल्डिङ सिट र नयाँ प्रविधि जडान गर्दै आएको हल म्यानेजर सूर्य कर्माचार्यले जानकारी दिनुभयो । सो हलमा दैनिक हजारभन्दा बढी दर्शकहरुले मनोरञ्जन लिने गरेको म्यानेजर कर्माचार्य बताउनुहुन्छ ।
सो हलले यसअघि नै ५५०० लुबिन्स क्षमताको नयाँ प्रोजेक्टर, ५÷१ Ôमताको डिजिटल साउण्ड सिस्टम जडान गरिसकेको छ । नारायणगढमा गणेशसहित इन्द्रदेव र सिम्याक्स सिनेमा गरी तीन वटा हल सञ्चालनमा रहेको छ भने मल्टिप्लेक्सको रुपमा सञ्चालनका लागि जलमा चलचित्र मन्दिरमा केही महिना अगाडिदेखि निर्माण कार्य भइरहेको छ । यस्तै पूर्वी चितवनको रत्ननगरमा नारायणी र पर्सामा जनज्योति हल सञ्चालित छ ।
Discussion about this post