नारायणगढ । शैक्षिक क्षेत्र सुधारमा सञ्चारकर्मीको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम नारायणगढमा सुरू भएको छ । सो अवसरमा पत्रकारहरुले विषयगत रुपमा उठाउन सक्ने शैक्षिक सवालका विषयमा छलफल र टिप्पणी गरिएको थियो ।
सो अवसरमा पत्रकार नारायण सापकोटाले चितवनको शैक्षिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै जिल्ला शिक्षा अधिकारी रमाकान्त पौडेलले जिल्लाको शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समितिका प्रमुख एवम् स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, अतिथिमा जिल्ला शिक्षा अधिकारी रमाकान्त पौडेल, सहायक जिशिअ रामकुमार श्रेष्ठ, नेपाल शिक्षक युनियनका अध्यक्ष हरिप्रसाद आचार्यलगायतका रहनुभएको थियो ।
कार्यक्रमको औपचारिक सत्र पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम आज शनिबार समापन हुनेछ ।
Discussion about this post