नारायणगढ । ‘आजको आवश्यकता, संरक्षणमा बाल सहभागिता’ विषयक अन्तत्र्रिmया कार्यक्रम शहीद स्मृति मावि पारसनगरमा सम्पन्न भएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल चितवन (सेन्स नेपाल)ले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले जलवायु परिर्वतनका कारण वातावरण संरक्षणमा चुनौती थपिएको भन्दै संरक्षणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जलवायु परिर्वतन न्यूनीकरण तथा यसको प्रभावको बारेमा विद्यार्थीहरु सचेत हुनुपर्नेमा जोड दिइएको थियो । विद्यालयका प्रधानाध्यापक ज्योतिप्रताप खाँड प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा सेन्स चितवनका उपाध्यक्ष सोमबहादुर दाहाल, सचिव हरिप्रसाद घिमिरे, सहभागी शिक्षकको तर्फबाट श्रीराम देवकोटालगायतले बोल्नुभएको थियो । सेन्स चितवनका अध्यक्ष पुष्पराज मरहठ्ठाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Discussion about this post