खैरहनी । निवृत्त शिक्षक समाज चितवन क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार खैरहनीमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निवृत्त शिक्षक समाज चितवनका अध्यक्ष ध्रुवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गवै मावि गवैकी छात्रा सृजु भण्डारी प्रथम, खैरहनी उच्चमाविकी छात्रा निर्मला लम्साल द्वितीय, झुवानी उच्च माविकी छात्रा पवित्रा बुढाथोकी तृतीय र वीरेन्द्र आर्दश उच्च माविकी छात्रा लोकमाया आर्चायले सान्त्वना स्थान हासिल गरेका छन् ।
खैरही श्रोतकेन्द्रको सभाहलमा सम्पन कार्यक्रम क्षेत्र नम्बर १ का अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post