भरतपुर । भरतपुरमा जारी राष्ट्रिय करा“ते छनोट प्रतियोगिताअन्तर्गत पुरुÈ तौल समूहको इभेन्टमा सशस्त्र प्रहरी बल (एपीएफ)का खेलाडी अघि देखिएका छन् । शुक्रबार सम्पन्न छनोट प्रतियोगिताका ३ तौल समूहमा एपीएफका खेलाडी छनोट भएका छन् । उनीहरु १७ औं एसियन गेमका लागि छनोट भएका हुन् ।
५० केजी तौल समूहमा एपीएफका विजय लामाले नेपाली सेनाका रामवृÔ ठाकुरलाई पराजित गरे भने ५५ केजी तौल समूहमा एपीएफका सुनील लामा नेपाल प्रहरीका सोनाम लामालाई पराजित गर्दै छनोट भए । त्यस्तै ६७ केजी तौल समूहमा पनि एपीएफका मुकेन्द्र महर्जनले एपीएफकै शेखर थपलियालाई पराजित गरेर आफूलाई छनोट गराउन सफल भए ।
६० केजी तौल समूहमा भने नेपाली सेनाका सनी चौलागाईंलाई पराजित गर्दै मध्यमाञ्चलका विनोद महर्जनले बाजी मारे । पुरुÈ समूह का“तामा नेपाली सेना पहिलो भयो । नेपाली सेनाका सुवास कार्की, डम्बर लुङगेली मगर र सानुकुमार रुम्बाको टोलीले एपीएफका नारायण पन्त सत्रुधन राणा र वीरबहादुर सिंजालीको टोलीलाई पराजित गरे ।
त्यस्तै पुरुÈ एकल का“तामा मध्यमाञ्चलका परशुराम बास्तोलाले नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठलाई पराजित गरे ।
शुक्रबार नै भएको महिलातर्फको समूह का“तामा मध्यमाञ्चल र एकल का“तामा नेपाल प्रहरीका खेलाडी छनोट भएका छन् । समूह का“तामा मध्यमाञ्चलका सुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुमन लामाको टोलीले नेपाल प्रहरीका निर्मला तामाङ, सञ्चला दनुवार र कोपिला विष्टको टोलीलाई पराजित गरे ।
महिला एकल का“तामा भने नेपाल प्रहरीका सञ्चला दनुवार छनोट भए । उनले मध्यमाञ्चलकी सुमन लामालाई पराजित गरिन् । महिलातर्फको ६ वटा तौल समूह र पुरुÈतर्फको ३ वटा उमेर समूहको छनोट खेल शनिबार भरतपुरको कभर्ड हलमा सञ्चालन हुनेछ ।
छनोट भएका सबै खेलाडीलाई आगामी सेप्टेम्बरमा दÔिण कोरियामा सञ्चालन हुने १७ औं एसियन गेममा सहभागी गराइने नेपाल करा“ते महासंघका मध्यमाञ्चल प्रमुख तथा वरिष्ठ प्रशिÔक गगन लामाले जानकारी दिए । छनोट प्रतियोगिताको शुक्रबार आयोजित कार्यक्रममा नेपाल करा“ते महासंघका अध्यÔ दावा गुरुङले उद्घाटन गरेका थिए । उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै उनले सम्पूर्ण करा“ते खेलाडीलाई देशको नाम उ“चो बनाउन मेहनतका साथ कौशल प्रदर्शन गर्न आग्रह गरे ।
Discussion about this post