ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुस्तक प्रदर्शनीको मह¤व

by चितवन पोष्ट
२०७१ जेष्ठ २४, शनिबार ००:५४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एक हप्तासम्म काठमाडौ“को भृकुटीमण्डपमा चलेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको बिहीबार मात्रै सफल रूपमा समापन भएको अवस्थाले अहिले पुस्तकहरूप्रति पाठकहरूको मनग्य रूपमा ध्यान खिच्न सफल भएको महसुस गरिएको छ । यस पदर्शनीमा साहित्यलगायत विविध क्षेत्रस“ग सम्बन्धित विषयका पुस्तकहरू उपलब्ध भएका हुनाले धेरै पाठकहरू त्यसबाट वञ्चित हुन चाहेनन् । यस मेलाको अर्को ठूलो विशेषता के रह्यो भने प्रकाशकहरूले सम्बन्धित लेखकहरूलाई नै बोलाएर लेखकस“ग साक्षात्कार तथा हस्ताक्षरको कार्यक्रम राखे, जसका कारण हजारौ“ पाठकहरू प्रत्यक्ष रूपमा नै लाभान्वित पनि भए ।
पुस्तक प्रदर्शनीको सन्दर्भमा भन्नुपर्दा विशेषगरी साझा प्रकाशन र नेपाल प्रज्ञाप्रतिष्ठानको एकाधिकार धेरै वर्षसम्म रहे पनि विगत केही वर्षयता निजी प्रकाशन संस्थाहरूको सक्रियता लोभलाग्दो रूपमा प्रकट भैरहेको छ । सरकारीस्तरबाट सञ्चालित साझा प्रकाशन र प्रज्ञाप्रतिष्ठानजस्तो देशको ठूलो इतिहास बोकेका ठूला प्रकाशन गृहहरूको सहभागिताले पुस्तक प्रदर्शनीको खास औचित्य पुष्टि नभैरहेको बेलामा निजी क्षेत्रबाट धमाधम यस्ता महत्त्वपूर्ण प्रदर्शनीहरूको सफल रूपमा आयोजना हुनुले पाठकहरूको विविध प्रकारका पुस्तकप्रतिको आकर्षणमा थप वृद्धि हु“दै गएको कुरासमेत पुष्टि भएको छ ।
पुस्तक प्रदर्शनीहरू पाठकहरूको मागलाई ध्यानमा राख्दै आयोजित गरिएका हुन्छन्, जसले पाठकहरूको सुविधालाई नै केन्द्रमा राखेको हुन्छ ।  हाल निजी क्षेत्र व्यावसायिक रूपमा समेत निकै नै अगाडि बढिसकेको स्थिति छ, यद्यपि अझ यी संस्थाहरूले पाठकमैत्री रूपमा पुस्तकहरूको प्रकाशन गर्नुृपर्ने जरुरी पनि त्यत्तिकै रूपमा विद्यमान छ । वर्षैपिच्छे प्रमुख नाराका रूपमा उठ्ने ‘सबैका लागि पुस्तक’ रहे पनि पुस्तकहरू अझै पनि सबैका लागि भने हुन सकिरहेका छैनन्, जुन आजको तीतो यथार्थ पनि हो । साझा प्रकाशन तथा प्रज्ञाप्रतिष्ठान अझै पनि सरकारी रूपमा चर्को हस्तक्षेपको शिकार भइरहेको अवस्थाले निजी प्रकाशन संस्थाहरूलाई भने निकै फाइदा पुगेको देखिन्छ । राजनीतिक तथा कुशल व्यवस्थापनको अभाव र अपष्ट कार्ययोजनाको कारण स्रोत र साधन सम्पन्न भइकन पनि पठनसंस्कृतिको विस्तारका लागि साझा र प्रज्ञाप्रतिष्ठानले जुन रूपमा अग्रसरता देखाउनु पर्ने थियो, त्यो नहुनु विडम्बनाका रूपमा रहेको छ ।
समय–समयमा हुने पुस्तक प्रदर्शनीहरूको महत्त्व निकै छ । चाहे कुनै पनि संघसंस्थाहरूको पहलमा होस्, पाठकहरूका लागि सर्वसुलभ रूपमा पुस्तकहरू उपलब्ध हुने ठाउ“ प्रदर्शनीस्थल नै हो । राजनीतिक नारा र भाषण सुनेर बौद्धिक अभ्यास गर्न खोज्ने मस्तिष्कहरूलाई भ्रमित हुनबाट जोगाउन पुस्तकहरूको भूमिका सर्वोपरि रूपमा रहेको कुरामा शङ्का गर्नुपर्दैन । अब, आगामी दिनमा हुने पुस्तक प्रदर्शनीहरू अझ पाठकमैत्री हुन सकेको खण्डमा सुनमा सुगन्धसमेत हुनेछ । पाठकहरूले चाहेअनुसारका सामग्री उपलब्ध गराउने अवस्थाको सिर्जना गर्दै देश–विदेशका सबै प्रमुख प्रकाशन संस्थाहरूको उल्लेख्य सहभागिता जनाउन सक्ने हो भने समाज रूपान्तरणमा समेत त्यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

Related Posts

Chitwan Post

राजनीतिक चरित्रको खाँचो

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Discussion about this post

अन‌ि यो पनि

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार
प्रमुख समाचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

रत्ननगर । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै हात्ती उपचार...

Read more
थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In