धादिङ । धादिङ जिल्लाको त्रिपुरेश्वरबाट सल्यानकोट गाविसतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रिपुरेश्वर गाविसको गणेशस्थानवाट गिट्टी लिएर सल्यानकोटतर्फ जाँदै गरेको बा ३ ख २९२७ नम्बरको स्वराज ट्रक त्रिपुरेश्वर गाविसको वडा नं. १ मा पर्ने जंगलनजिकै दिउँसो ५ बजेतिर उकालोमा अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै तीन जनाको ज्यान गएको हो । दुर्घटनामा सल्यानकोट गाविस ४ घर भएकी ६० वर्षीया मिना नेपाली, ९ वर्षीया सुन्दरी बस्याल र सल्यानकोट १ का ९ वर्षीय रविन्द्र राना रहेको स्थानीयवासी कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
Discussion about this post