जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा वातावरणीय समस्या उत्पन्न भइरहेको सन्दर्भमा यस वर्षको ‘हिमाल बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नारासहित नेपालमा पनि विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । हिमताल अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबाटै हिमनदीको संख्या बढ्ने र घट्ने गरेको जनाएको छ । विभिन्न अध्ययनले हिमालको संरक्षण गर्न सके वातावरणीय विनाश कम हुने देखाएको छ । नेपालमा हिमनदीको संख्या ४० वर्षमा २४ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको प्रतिवेदनअनुसार नेपालमा हिमनदीको संख्या ३ हजार ९०२ पुगिसकेकोे छ । हिउँ पग्लिने क्रम सन् १८५० देखि नै सुरू भए पनि सन् उन्नाइसौँ शताब्दीपश्चात् मानवीय गतिविधिका कारण तीव्र भएको हो । सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारणले नेपालका सबै हिमताल हराउने र पिउने पानीको समेत अभाव हुने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीपीसी)ले आउँदो दशकमा पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियस बढ्ने प्रक्षेपण गरेको छ । यो दर बढेर शताब्दीको अन्त्यसम्ममा चार डिग्री पुग्ने अनुमान छ । त्यसको सबैभन्दा ठूलो असर दक्षिण एसियाली सहरहरुमा पर्ने वैज्ञानिकहरुको दाबी छ । मानवीय गतिविधिका कारण पछिल्लो समयमा जैविक विविधता तथा वातावरणमा नकारात्मक प्रभाव बढिरहेको छ । विश्वभर बढ्दै गरेको तापक्रमका कारण जलवायु परिवर्तन हु“दा मानिसको दैनिक जनजीवन, जैविक विविधता, वन्यजन्तु तथा कृÈि उत्पादनमा समेत नकारात्मक असर देखिन थालेको छ । यसका कारण बेमौसममै अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरोजस्ता समस्या देखिएका छन् । यस्तै, भूकम्पका कारण हिमताल विस्फोट भएमा हिमाली सुनामीको रुप लिने चेतावनी विज्ञहरुले दिइरहेका छन् । नेपाल विश्वकै कम हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक भए पनि असरका हिसाबले भने धेरै भोग्नु परिरहेको छ । छिमेकी देश चीन र भारतले उत्सर्जन गर्ने हरित ग्यासको प्रत्यक्ष प्रभाव नेपालको हिमालमा परिरहेको छ ।
विश्वको कुल हरितगृह ग्यासको ०.०२५ प्रतिशत नेपालले उत्सर्जन गर्दछ । मानवीय गतिविधिसँगै उद्योग कलकारखाना, सवारीसाधन तथा डढेलोबाट निस्कने धूवाँ नै जलवायु परिवर्तनका प्रमुख कारक हुन् । जलवायु परिवर्तनबाट खाद्य तथा ऊर्जा उत्पादनमा नकारात्मक असर पर्छ भने प्राकृतिक प्रकोप तथा नया“ रोगका संक्रमणहरु बढाउने गर्दछ । जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका रोग देखिन थालेको छ । हिमाली क्षेत्रमा पनि लामखुट्टे देखा पर्नु, बेमौसममै फल तथा फूलहरु फल्ने, फुल्ने गर्नु यसैका परिणति हुन् । सिमसार Ôेत्र सुक्दै जानु तथा तल्लो भेगमा पाइने वन्यजन्तु माथिल्लो भेगमा सर्दै जानु पनि जलवायु परिवर्तनकै असरले हो । अस्तव्यस्त सहरीकरण, प्राकृतिक दोहन, बढ्दो विषादी तथा रसायनको प्रयोग, हरितगृह उत्सर्जनजस्ता समस्या जटिल बनेको अवस्थामा विश्व समुदायको वातावरण संरÔणप्रति चासो बढ्नु सकारात्मक कुरा हो । यो दिवसको मह¤व दृष्टिगत गर्दै मानवीय गतिविधिलाई व्यवहार वातावरणमैत्री बनाउन सकेमात्र विश्वमै वातावरण संरÔणमा सहयोग पुग्ने देखिन्छ ।
Discussion about this post