ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हामी संकटमा छौँ, हाम्रो पृथ्वी संकटमा छ

by चितवन पोष्ट
२०७१ जेष्ठ २३, शुक्रबार ००:४२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दुर्गा पुरी
वनस्पति जगत र प्राणी जगत, यी दुई जगतबीच अत्यन्त ठूलो सम्बन्ध रहेको देखिन्छ । यी दुई एकअर्काको पूरक त¤वका रुपमा रहेकाले हिन्दू दर्शनशास्त्र वेदमा दुवै जीवको संरक्षणका लागि अनेकौँ धर्मग्रन्थ एवं मन्त्रसँग जोडिदिएर सदाका लागि हित हुने कार्यमा जोड दिएको पाइन्छ । विश्व मानचित्रलाई सदा टिकाइराख्नका लागि वेदमा उल्लेखित विषयहरु अत्यन्त सान्दर्भिक छन् । पृथ्वी, आकाश, हावा, पानी, सूर्य, बोटबिरूवा र चराचर आदिको पूजालाई सम्पूर्ण जीव, जगत र वातावरणलाई बचाइराख्नु भन्ने बुझिन्छ ।
गाईको पूजा किन ? गाईको दूधले मानवहित र अमृतको काम गर्छ । गाईको गोबर र गहुँतले जीवहरुको अहित गर्ने शत्रु जीवहरुलाई मारिदिने काम गर्छ र वनस्पति जगतका लागि आवश्यक पर्ने खाद्यान्न प्रदान गरिदिन्छ । वर, पीपल र तुली आदिको पूजा किन ? जीवनहरुको जीवनचक्र पनि अचम्मको छ, जति बुझे पनि बुझेरै नसकिने । क्षणभरमा मर्नेदेखि लिएर हजारौँ वर्षसम्म जीवित रहने जीवहरु यस धर्तीमा रहन्छन् । सबै जीवलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ, जसको श्रोत नै वनस्पति जगत हो । प्राणीहरुका लागि नचाहिने पदार्थ कार्बन डाइअक्साइड आफूले लिएर प्राणीका लागि नभई नहुने त¤व अक्सिजन दिने काम बोटबिरूवा र वनस्पति जगतले गर्दछ । त्यसैले, बोटबिरूवाको पूजा गरेर सदाका लागि संरक्षण होस् भन्ने उद्देश्यले धार्मिक नियम बनाइदिएको बुझिन्छ ।
पृथ्वी, अग्नि, जल, वायु, आकाश र सूर्यको पनि वनस्पति जगत र प्राणी जगतसँग त्यति नै मह¤व हुने भएकाले ती वस्तुहरुको संरक्षणका लागि वेदमा धार्मिक नियम बनाइदिएको हो । भगवान् कृष्णको धेरैजसो जीवनलीला गाई र ग्वालामा, गोपिनी, पीपलबोट र तलाउमा रहेको देखिन्छ । त्यसभित्रको रहस्य पनि माथि उल्लेखित वनस्पति जगत र प्राणी जगतबीचको घनिष्ट सम्बन्धजस्तै भन्ने बुझाउँछ ।
आधुनिक जीवन फरक ढंगबाट चल्न थालेको छ । विज्ञानमाथिको विकास भनेर सारा संसारलाई भौतिकमय बनाइदिएको छ । प्रकृतिलाई क्षतविक्षत पारिदिएको छ । गाईलाई पूजा होइन, बफको भेराइटीमा परिणत गराइदिएको छ । बोटबिरूवाको पूजाको सट्टा त्यस ठाउँमा आधुनिक गगनचुम्बी भवनहरु ठडिन थालेका छन् । हिमाल, पहाड, डाँडापाखा र त्यसअनुसारको फलफूल र बोटबिरूवाहरुले जुन सुन्दरता बनाइराखेको थियो, अब बिस्तारै ती वस्तुहरुको लोपका कारण सबै ठाउँ कुरुपतामा परिणत हुँदैछ । विकासका नाममा प्रत्येक डाँडापाखालाई चिराचिरा पार्ने काम भएको छ । हिमाल, पहाड र डाँडापाखामा पाइने अमूल्य बोटबिरूवा, जडीबुटी र जीवजन्तुहरु द्रुत गतिमा लोप हुने क्रममा छन् ।
चार दशकअघिसम्मको नेपालको मौसमलाई स्मरण गर्दा हामी पाउँथ्यौँ, वैशाखदेखि भाद्रसम्म अत्यधिक वर्षा हुने गथ्र्यो । हिमालमा अत्यधिक हिमपातले गर्दा उत्तरतर्फको दृश्य कुनै निपूर्ण चित्रकारले बनाएको सुन्दर चित्र टाँगिदिएजस्तै देखिन्थ्यो । हरेक डाँडापाखामा हरिया बोटबिरूवा, फलफूल र जडीबुटीहरुले कुनै नवआगन्तुक पाहुनालाई स्वागत गर्न लागेजस्तै देखिन्थ्यो । हरेक डाँडाका चुचुराहरुबाट बत्तिएर तल थचारिँदा देखिने झरना पानीको त्यस दृश्यले बनाइदिएको वातावरणमा आफ्नै किसिमले रमाउने धोबी चरो, मयूर, हरिण, मृगलाई अब कल्पनासम्म मात्र गर्न सकिने भयो ।
वास्तविकता विगतको भन्दा फरक भैसकेको छ । लामो समयसम्म सुख्खा र जलप्रकोपका कारण जलवायुमा परिवर्तन देखिन थालेको छ । हिमालमा रहेका हिउँ पग्लने क्रम बढ्दो छ । नेपालमा २÷३ वर्षयता हिमपहिरोबाट धेरै स्वदेशी र विदेशी नागरिकको ज्यान गुमेको छ । धेरै भौतिक सम्पत्तिको नाश भएको छ ।
नेपालको पहाडी भेगमा दिनप्रतिदिन समस्या थपिँदैछ । विगतदेखि नदीनाला, कुवा, कुलो र झरनाहरु धेरै सुकिसकेका छन् र बाँकी भएका पनि सुक्ने क्रममा छन् । कहिल्यै नदेखिएको हानिकारक कीटपतंग आदिको उत्पत्तिका कारण अमूल्य जैविक वनस्पतिहरु मासिने क्रममा छन् । फलफूल, अन्नबाली र अन्य खाद्य पदार्थको उत्पादनमा ह्रास आउन थालेको छ । प्रकृतिको विपरीत मान्छेले चाहेर केही हुनेवाला छैन । विश्वमा बढ्दो औद्योगिकीकरणसँगै तापक्रमको वृद्धिका कारण उच्च पहाडी तथा हिमाली भेगमा असर पारेको छ ।
अमेरिकी वैज्ञानिकहरुको संस्था नासाले हालै गरेको अध्ययनअनुसार पृथ्वीको ध्रुवीय क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दै गरेको तथ्य समाचारमा आएको छ । उक्त ध्रुवीय क्षेत्रमा हिउँ पग्लने गति बढ्दै गएकोमा विश्वभरका वातावरण तथा पर्यावरणविद्हरु चिन्तित देखिन्छन् । विश्वको तापक्रम सरदर प्रतिदशक ०.१ देखि ०.३ डिग्री सेन्टिग्रेडसम्म बढ्दै गरेको तथ्य पनि सार्वजनिक भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा सरदर तीन–चार गुणासम्म तापक्रम वृद्धि रहेको अध्ययनले देखाउँछ ।
हिमाली तथा उच्च पहाडी भेगमा गर्मीको समय बढेको र जाडोको समय छोट्टिएकाले थुप्रै समस्या देखिन थालेको छ । चैत्र–वैशाखमा फुल्ने लालीगुराँस माघमै फुल्ने र हिमालको तल्लो भेगमा बस्ने जीवजन्तुहरु बिस्तारै माथिल्लो भागमा गई बस्न थालेको र चराहरुले पनि छिट्टै फूल कोरल्ने गरेको अध्ययनले देखाएको छ । उद्योगधन्दा कलकारखानालगायत अन्य हरितगृह ग्यासको मात्रा वायुमण्डलमा बढ्दै जाँदा ओजोन तहमा प्वाल पर्ने क्रम वृद्धि हुँदा भविष्यमा पृथ्वीमा ठूलो संकट पैदा हुन सक्ने सम्भावना देखिन्छ ।
वैज्ञानिकहरुका अनुसार दक्षिण एसियामा ब्ल्याक कार्बनको उत्सर्जन बढी देखाइएको छ । दाउरा बाल्दा, डढेलो लाग्दा तथा डिजेल इन्जिनबाट निस्कने धूवाँ–धूलोका कारण नै ब्ल्याक कार्बन हो । हिउँ पगाल्नमा ब्ल्याक कार्बनको भूमिका अरु ग्याँसको भन्दा बढी हुने देखाइएको छ । भारत र चीनले २५ देखि ३० प्रतिशतसम्म ब्ल्याक कार्बन उत्सर्जन गर्ने गरेकोमा त्यसको सबैभन्दा बढी असर नेपालको हिमाललाई पार्न सक्ने अध्ययनले देखाएको छ ।
हामी संकटमा छौँ । हाम्रो पृथ्वी संकटमा छ । यही क्रम बढ्दै जाने हो भने सिंगो पृथ्वी मरूभूमीकरण हुने निश्चित छ । हावा, पानी, जीवजन्तुबिनाको संसार कस्तो संसार होला ? हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ । त्यस भयावह स्थितिबाट बचाउनका लागि तपाईं–हामी सबैले आफ्नो तर्फबाट के गर्न सकिन्छ, त्यो गरौँ । कम्तीमा पनि एउटा बिरूवा रोपौँ, संरक्षण गरौँ र वातावरणलाई असर पार्ने कामप्रति सबैलाई सजग गरौँ । यही हो मानवधर्म, यो भन्दा ठूलो धर्म अरु केही हुनेछैन ।

Related Posts

प्रतिनिधिसभा पुनस्र्थापना : ओलीलाई राजीनामा दिन सुझाव

लड्डु विजयोत्सव र नैतिकता !

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In