रत्ननगर । रत्ननगर नगरपालिकाले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
१७औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा उत्कृष्ट काम गर्ने आठ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अर्चन दुवाडी, विनिता पौडेल, ज्ञानु पौडेल, रश्मी बर्तौला, प्रभा चौधरी, नरकुमारी पुडासैनी, सरस्वती श्रेष्ठ र विष्णुमाया भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
उनीहरुलाई मेयर नारायण वन, उपमेयर विमला दुवाडीले नगद पुरस्कारसहित सम्मानपत्रले सम्मान गरेका थिए । सो अवसरमा मेयर वनले ग्रामीण क्षेत्रका जनताको जीवन रक्षाका लागि खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
दुःख गरेअनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरुले पारिश्रमिक पाउन नसकेको भन्दै मेयर वनले अवकाशपछि केही पैसा दिने गरी कार्यविधि तयार गरेको बताए । कार्यक्रममा उपमेयर दुवाडीले कोरोना नियन्त्रणमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदान अस्मरणीय योग्य रहेको बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविका मीना पौडेलले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक केशव आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको चर्चा गरेका थिए ।
Discussion about this post