ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बीपी र पार्टी नेतृत्व

by चितवन पोष्ट
२०७१ जेष्ठ २३, शुक्रबार ००:३८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

स्वयम्भुनाथ कार्की
भारतीय स्वतन्त्रता आन्दोलनताका बाल्यकालदेखि नै त्यसका हरेक आयाममा बीपीको संलग्नता रह्यो । गान्धीको अहिंसात्मक आन्दोलनदेखि आतंकवादीको गतिविधिसमेतमा उनको सक्रियता रह्यो । चौध–पन्द्र वर्षको उमेरमा नै जेलसमेत परे । परिच्छेद ५ मा उनी भन्छन् ः
‘बा“दरसेनाका ठिटाहरु पनि थुप्रै थुनिएका थिए । जेलमा पुग्नासाथ त पहिले डाक्टरी परीक्षण हु“दोरहेछ । वयस्क भनेर ठूल्दाजुलाई त राम्रो ठा“उमा राख्यो, त्यहाा श्रीप्रकाशहरु थुनिएका थिए । मलाई त केटाकेटी भनेर नाबालक वार्डमा पठाइदियो ।’
भारतमा हरेक जेलयात्राले बीपीलाई परिचितहरुको संख्या बढाउने र आफूलाई थप परिष्कृत गर्ने अवसर पनि दियो । आन्दोलका सबै घटकसँग सम्पर्कमा रहेर काम गरे पनि समाजवादीहरुसँग निकटता धेरै रह्यो । सबैतिर उनी एक ऊर्जाशील कार्यकर्ताका रुपमा रहे ।
माक्र्सवाद भारतीय सन्दर्भमा कस्तो हुन सक्तछ भन्ने चिन्तन कम्युनिस्टहरुको कट्टरताको बीचबाट सामाजिक न्यायको बाटो पहिल्याउने प्रयास थियो । गान्धीको अहिंसा र कम्युनिस्टको वर्गविहीनताको समिश्रणका रुपमा भारतमा समाजवादको अवधारणा जन्मँदै थियो । जयप्रकाश, आचार्य नरेन्द्रदेवहरुसँगको निकटताले आफ्ना साथीहरुसहित यो समाजवादी आन्दोलनका हिस्सा हुन पुगेका वीपीलाई लेख्ने कुराको प्रमुख जिम्मेवारी दिइयो । बीपीको कार्यक्षेत्र प्रमुख रुपमा बिहार नै रह्यो । केन्द्रीय नेतृत्वको निकट रहेर मह¤वपूर्ण जिम्मेवारी वहन गरे पनि नेतृत्वमा जानसक्ने गरेर बीपीले आफूलाई विकसित गर्न बा“की नै थियो ।
नेपाली राष्ट्रिय कांग्रेसको गठनपछि सोसलिस्ट पार्टीमा आफ्ना अधुरा काम पूरा गर्ने क्रमको रोचक प्रसंग परिच्छेद १२ को अन्ततिर बीपीले उल्लेख गरेका छन् ः
‘अरुणा आसफ अलिकी बहिनी थिइन्– पूर्णिमा बनर्जी । उनले नेतृत्वमाथि आरोप पनि लगाइन्, एउटा विद्यार्थीजस्तो मान्छेलाई मिलाउने काममा
पठाएको भनेर ।’
नेपाली राष्ट्रिय कांग्रेस गठन गरेर नेपाली क्रान्तिको बिँडो थाम्न तैयार भएको अवस्थामा पनि सोसलिस्ट पार्टीमा केन्द्रीय प्रतिनिधिका रुपमा स्थापित हुन पनि संघर्ष बा“की नै थियो ।
सन् १९४७ को जनवरी २५ मा नेपाली राष्ट्रिय कांग्रेसको गठन गर्नेबित्तिकै मार्चमा नै बीपीलाई विराटनगर जुटमिलको आन्दोलनमा भाग लिन आउनुप¥यो । करिब दुई महिना नेतृत्वमा रहेर विराटनगर आएका बीपी समातिएर पहाडको बाटो काठमाण्डु चलान गरिए । विराटनगरबाट काठमाण्डु पुग्न तीन हप्ताको पैदलयात्रा भयो । पद्मशमशेरको यो थुनामा बीपीले बन्दी भएको मनस्थितिबाहेक अन्य कष्ट भोग्नु परेन । कतिसम्म भने खानाको थाल झटारो हान्दा क्याप्टेनलाई लाग्यो, तैपनि कुरा चर्किएन । दिनमा एक जनालाई ५० खिल्ली चुरोट दिइएको थियो । किताब, अखबार पनि निर्बाध दिइएको थियो । यदि यो प्रसंग परिच्छेद १४ मा नहु“दो हो त विश्वास गर्नै कठिन हुनेथियो ।
गान्धी, राममनोहर लोहियालगायत भारतीय नेताको दबाबमा र घा“टीको बिमारीले गर्दा पद्मशमशेरले बीपीलाई छोडे, तर अरु साथीहरु भने जेलमै रहे । छुटेपछि पार्टीको काममा लागेका बीपीको नेतृत्व सम्भवतः पहिलोपल्ट विवादमा प¥यो । यसलाई उनी यसरी प्रस्तुत गर्दछन् ः
‘इलाजको लागि बाहिर जानासाथ फेरि मैले पार्टीभित्रको आफ्नो काम शुरू गर्न थालिहालेँ । अनि विवाद शुरू भयो, पार्टीको नेतृत्वलाई लिएर ।’
सन् १९४७ सेप्टेम्बर–अक्टुबरतिर छुटेका बीपी र डिल्लीरमणबीच १९४८ मार्चसम्म नै नेतृत्वको किचलो रह्यो । काठमाण्डुमा आफ्नो पक्षमा नराम्रा हल्ला चलाएर आफ्नो नेतृत्वलाई चुनौती दिइएको महसुस गरेर त्यहाँ संगठन गर्न बीपी, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित त्यता लागे । पद्मशमशेर भारत पलायन भइसकेका थिए । अब राणाशासनको बागडोर मोहनशमशेरको हातमा थियो ।
निर्बाध रुपमा काठमाण्डु पुगेर संगठन गर्न थालिसकेका बीपी मोहनशमशेरसँग भेटघाट गर्ने चा“जो मिलाउन लागे । चा“जो त मिलेन नै, बरू उनी समातिए । आफ्नो त्यति धेरै पटकको जेलयात्रामा सबैभन्दा कठिन र कष्टकर बन्दी जीवन भोग्नुप¥यो । घामको उज्यालोसम्म देख्न नपाउने अवस्थाको अनि अमानवीय व्यवहारसहितको त्यो बन्दी जीवन खुकुलो त्यसबेला भयो, जब भारतीय प्रधानमन्त्रीको हैसियतमा नेहरूले मोहनशमशेरसँग यसबारे कुरा गरे । अनशन बसेका बीपीलाई बचाउन एक शुभचिन्तक भएर नेहरूले बीपी बचाउन मात्र हैन, मोहनशमशेरको कैदबाट मुक्त गर्नसमेत सफल भए ।
बीपीको यो कहिले थुनाभित्र, कहिले बाहिरको अवस्थाको बेलामा नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व मातृका कोइरालाले गरिरहेका थिए । नेपाली डेमोक्रेटिक कांग्रेस, राष्ट्रिय कांग्रेसको समानान्तर काममात्र गरिरहेको थिएन, बरू राष्ट्रिय कांग्रेसको गठनमा हरसम्भव सहयोग पनि गरिरहेको थियो । जयतु संस्कृतमजस्ता आन्दोलनहरु अन्य धेरै स–साना समूहले सञ्चालन गरिरहेका थिए । यस अवस्थामा समयको माग थियो, सबै क्रान्तिकारीहरुबीच समन्वय र सम्भव भएसम्म एकीकरण गर्नु । यसैले बीपी मोहनशमशेरको थुनाबाट मुक्त भएर आएपछि दुई कांग्रेसबीच एकीकरणको दबाब बढ्यो । सहयात्रा तथा सहकार्य हुँदै रहेकोले यो एकीकरण कठिन कुरा थिएन, केवल केही नितान्त औपचारिक विषयमा छलफल हुनुपर्ने थियो । परिच्छेद २८ मा बीपी भन्छन् ः
‘तीनवटा कुरामा निर्णय गर्नु परेको थियो । एउटा, झन्डा के हुने ? दोश्रो, अध्यक्ष को हुने ? र तेश्रो, पार्टीको नाम के हुने ?’
यो औपचारिकता सहज ढंगले पूरा भयो । झन्डा डेमोक्रेटिकको, अध्यक्ष राष्ट्रियको र नाममा दुवैले बीचको शब्द झिक्ने र नेपाली कांग्रेस नाम राख्ने । मातृका कोइराला पदेन नै नया“ पार्टीको अध्यक्ष बने । झन्डाको कुरोमा गिरिजासम्मलाई पनि चित्त बुझेन । अध्यक्षका बारेमा पनि गणेशमान र बीपीले विवशतापूर्वक स्वीकार गरे, तै कुनै किचलो भएन । किनभने, बीपीकै शब्दमा ः
‘उताकाहरु मातृका बाबु र ममा ठूल्दाजुलाई मन पराउ“थे, उहा“ मिलनसार हुनुहुन्छ भनेर’, बीपीको नजरमा मातृका थपनाको मान्छे थिए, भन्छन्– ‘पछि नराम्रो पनि भयो, थपनाको मान्छे अध्यक्ष भइदिएकोले ।’
मातृका कोइरालाको अध्यक्षता निरन्तर चल्यो । पछि उनी प्रधानमन्त्री भएको बेला विशालनगरमा विशेष अधिवेशन गरेर उनलाई हटाउनुप¥यो । त्यसपछि बीपीले अकण्टक नेपाली कांग्रेसको नेतृत्व गरे । उनको नेतृत्वलाई चुनौती दिनसक्ने मातृकाले नेपाली कांग्रेस छोडेर अर्को पार्टी खोलेपछि हालसम्म पनि नेपाली कांग्रेसमा नेतृत्व बीपीको नाम तथा उत्तराधिकारमा नै चल्दैछ ।

Related Posts

महाराजको श्रीपेच

महाराजको श्रीपेच

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In