ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

–तुलमान गुरूङ

by गोविन्द अर्याल
२०७७ मंसिर २०, शनिबार १०:१८ गते
in अन्तर्वार्ता, साहित्य
0
‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’
119
SHARES
Share on FacebookShare on Twitter

नागरिक दैनिकका चितवन संवाददाता र सफल खबर अनलाइनका समाचार सम्पादक सूर्यप्रकाश कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका कँडेलसँग निरन्तर चौध वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकमा काम गरेको अनुभव छ ।

त्यसअघि उनले पारदर्शी दैनिकमा चार वर्ष, चितवन पोष्ट दैनिकमा दुई वर्ष, ड्रिम्स दैनिकमा डेढ वर्ष र सबैको पत्रिका दैनिक र आदर्श समाज दैनिकमा एक–एक वर्ष सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका छन् । भरतपुरमा रहेका कालिका एफएम र हाम्रो एफएममा समाचार सम्पादकका रुपमा काम गरेका कँडेलले मूलधारको अनलाइन पहिलो पोस्ट र बिजमाण्डुमा समेत संवाददाता भई काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक कँडेल विगतमा चितवनबाट प्रकाशित अनावरण साप्ताहिकको सम्पादक एवम् प्रकाशकसमेत हुन् । २०५५ साल असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरू गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन् ।

विद्यालयदेखि नै साहित्य लेखन र पठनमा रूचि राख्ने पत्रकार कँडेल समाचारबाहेक गीत, गजल, मुक्तक, हाइकु र लघु कथा पनि लेख्छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकार कँडेल पत्रकारिताभित्र विकृति बढ्दा चिन्तित छन् । त्यही चिन्ताको उपज हो ‘मोसो’ उपन्यास ।

पत्रकारबाट लेखक बन्न पुगेका कँडेलको पहिलो साहित्यिक कृति ‘मोसो’ आज शनिबार दिउँसो दुई बजे नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहल भरतपुरमा विमोचन हुँदैछ । युरेका पब्लिकेसनबाट प्रकाशित ‘मोसो’ उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ । प्रस्तुत छ, ‘मोसो’ विमोचनको पूर्वसन्ध्यामा चितवन पोष्टले पत्रकार एवं लेखक सूर्यप्रकाश कँडेलसँग गरेको स्रष्टा संवाद ः

१) पहिलो कृति ‘मोसो’ आज सार्वजनिक हुँदैछ, कस्तो महसुस भएको छ ?
— कुनै पनि सर्जकलाई आफ्नो कृति बजारमा आउँदाको क्षण आनन्ददायी हुने गर्छ । ‘मोसो’ सार्वजनिक हुँदै गर्दाको क्षणले मलाई पनि खुसी दिएको छ । पाठकको माया पाउनेमा आशावादी छु ।

२) कति समय लगाएर लेख्नुभयो ‘मोसो’ ?
पत्रकारिता पेसामा फुर्सद मिलाउन ज्यादै कठिन हुने गर्छ । त्यसैले, उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रह्यो । पुस्तक लेख्न सुरू गरेर पूरै सिध्याउन ठ्याक्कै तीन वर्ष लाग्यो । उपन्यास आधा लेखिसकेपछि बीचको नौ महिना त एक शब्द नलेखीकन पनि बित्यो । कहिले दिनहुँ लेख्थेँ, कहिले हप्तौँ लेख्ने समय मिल्थेन । तीन वर्ष लगाएर पनि पूरा गरिछाडेँ ।

३) आमपाठकले ‘मोसो’ किन र केका लागि पढ्ने ?
— उपन्यास आफैँमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । ‘मोसो’मा पनि यी सबै कुरा छन् । सबैभन्दा ठूलो कुरा ‘मोसो’भित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’बाट पाइन्छ ।

४) पत्रकारिता गर्दागर्दै साहित्य लेखनमा प्रवेश गर्ने रहर कसरी जाग्यो ?
— पत्रकारितामा दुई दशकभन्दा लामो समय बिताइसकेपछि केही कुरामा असन्तुष्टि जन्मियो । पत्रकारिताको आडमा सीमित पत्रकारले गरेका नराम्रा कामले समग्र पत्रकारलाई हेर्ने सामाजिक दृष्टि धमिलो हुन थालेपछि समाजको आँखामा पत्रकारिताको सही चित्र प्रस्तुत गर्ने जिम्मेवारी बोधले पनि ‘मोसो’ लेख्न प्रेरित ग¥यो ।
पत्रकारिताको पोखरी पछिल्लो समय धमिलिएको छ । हिलो जम्न थालेको छ । त्यही हिलोको बीचमा कमलका फूलजस्ता पत्रकार पनि छन् । हिलोमा रमाउने कीरा पनि छन् । इमानको गोरेटोमा हिँडिरहेका पत्रकार कमलका फूल हुन् । बेइमानीको कमाइ गर्ने पत्रकार कीरा हुन् । यो अन्तर देखाउन पनि ‘मोसो’को जन्म हुन पुगेको हो । ‘मोसो’लाई जन्माउन साहित्य लेखनमा प्रवेश गर्नैपर्ने भएकोले म त्यतातिर तानिएँ ।

५) अरुको कृति पढ्दा र आफैँले लेख्दामा के फरक हुँदोरहेछ ?
— अरुको कृति पढ्दा कृति लेखन र प्रकाशनको काम सजिलै हुन्छ होला भन्ने लाग्थ्यो । अहिले आफैँले कृति लेखेर प्रकाशनको घडीसम्म आइपुग्दा पुस्तक लेखन र प्रकाशन सोचेजस्तो सजिलो हुँदोरहेनछ भन्ने ज्ञात भयो ।
अर्को कुरा, अरुका कृतिमा आफूले खोजेको विषय नपाउन पनि सकिन्छ । आफूले पढ्न चाहेको कुरा कसैले लेखिदेओस् भन्ने पनि हुन्छ । त्यो चाहना पूरा नहुँदा आफैँले लेख्नुपर्ने हुन्छ । आफूले लेख्दाचाहिँ आफ्नो चाहनाअनुसार लेख्न पाइन्छ, तर छाडा हुन पाइन्न । लेखनीको दायरामा रहेर आफ्नो सन्देश पाठकसामु पु¥याउँदा छुट्टै आनन्द आउँदोरहेछ ।

६) समाचार लेखनले साहित्य लेखनमा कस्तो सहयोग पुग्दोरहेछ ?
— समाचार लेखन साहित्य लेखनभन्दा सजिलो हुन्छ । समाचार लेखन प्राविधिक खालको हुन्छ । समाचार वा फिचरलाई एउटा फम्र्याटमा लेखिन्छ, साहित्य लेखन अर्को फम्र्याटमा लेखिन्छ । अझ यसरी भनौँ, समाचार लेखनको क्यानभास सानो हुन्छ भने साहित्य लेखनको फराकिलो । फराकिलो क्यानभासमा कथावस्तुका रंगहरुलाई संयोजन गरी एउटा विशाल चित्र (कृति) तयार गर्नु निश्चय नै कठिन काम हो । तर, सानो क्यानभासमा चित्र कोरिरहेको व्यक्तिलाई ठूलो क्यानभासमा चित्र कोर्न असजिलो होला, असम्भव हुँदैन । चित्र कोरिरहेको अभ्यास काम लाग्छ । मलाई पनि त्यस्तै भयो । फिचर लेखनको सीपले साहित्य लेखनमा सहयोगी भूमिका खेल्यो ।

७) तपाईं यसै पनि पत्रकार, उपन्यासमा पत्रकारिता कत्तिको झल्किन्छ ?
— ‘मोसो’ उपन्यासको प्रमुख पात्र रिपोर्टर हो । ऊ फिल्डमै गएर रिपोर्टिङ गर्छ । नायकको रुपमा ‘मोसो’मा देखा परेको पात्र कर्मका हिसाबले भने खलनायक बनेको छ । पैसाको लागि ऊ पत्रकारिताको आचारसंहिता नाघेर काम गर्छ । जसरी हुन्छ आफ्नै दुनो सोझ्याउँछ ।
‘मोसो’मा पत्रकारिताभित्रका विकृतिको चिरफारमात्रै छैन, विभिन्न उपकथा र मूलकथासँगै जोडिएर प्रेमकथा पनि आउँछ । ‘मोसो’भित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ ।

८) विशुद्ध साहित्यकारहरुले लेख्ने र समाचार लेख्नेहरुले लेखेको पुस्तकमा के फरक पाउनुहुन्छ ?
— निश्चय नै फरक हुन्छ । साहित्य लेखनमै समर्पित साहित्यकारको कृति पढ्दा जुन साहित्यिक स्वाद पाइन्छ, त्यस्तै स्वाद समाचार लेखनबाट साहित्यमा आएकाहरुको कृतिमा पाउन सकिन्न । समाचार लेख्दा सरल भाषामा लेखिने हुनाले यस्तो अन्तर आउने हो । यो अन्तरलाई कम गर्न मैले ‘मोसो’मा निकै मेहनत गरेको छु ।

९) गजल विधामा कलम चलाउने मान्छे, तपाईंबाट त पाठकहरुले गजलकृतिकै अपेक्षा गरेका थिए होलान् नि ?
— साहित्यका सबै विधाको आआफ्नै विशेषता हुन्छन् । कविता, गजल, गीतले दिने मिठास कथा, निबन्ध र उपन्यासले दिन सक्दैन । कविता, गीत, गजललाई बिम्बको प्रयोगले शक्तिशाली बनाउँछ । नाटक, कथा, उपन्यासमा लेखकको सन्देशलाई वर्णनात्मक हिसाबले प्रस्तुत गरिन्छ । लेखकले कस्तो सन्देश कुन रुपमा दिन चाहेको छ ? त्यसैअनुरुप विधा छनोट गर्नुपर्छ । मैले समाजलाई दिन चाहेको सन्देश गजल वा कथाबाट सम्भव नभएकोले उपन्यास लेख्नुप¥यो । भविष्यमा मैले लेखेका गजलहरुको सङ्ग्रह पनि बजारमा आउन सक्छ ।

१०) पछिल्लो समय समाचार लेख्नेहरु साहित्य लेखनमा हाम फाल्ने क्रम बढ्दो छ । नेपाली साहित्य पनि पत्रकारहरुले नै धानिरहेका छन् भन्ने लाग्दैन ?
— केही पत्रकारले आफूलाई साहित्य लेखनमा लैजाँदैमा नेपाली साहित्य पनि पत्रकारहरुले नै धानिरहेका छन् भन्न मिल्दैन । साहित्य लेख्नेहरुले नै साहित्य धान्ने हो । नेपाली साहित्यमा केही पत्रकारले साहित्यकारका रुपमा राम्रो परिचय बनाइसकेका छन् । मोहन मैनाली, नारायण वाग्लेलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

११) आगामी दिनमा साहित्य लेखनलाई निरन्तरता दिने सम्भावना कत्तिको छ ?
— साहित्य लेखनको प्रमुख पाटो बजार पनि हो । बजारमा आएका कृति पाठकमाझ कति चर्चित हुन सक्छन्, त्यसले पनि साहित्य लेखनलाई मलजल गर्छ । जहाँसम्म मेरो कुरा छ, मैले साहित्य लेखनलाई निरन्तरता दिने उद्देश्यले नै पहिलो कृति ‘मोसो’ बजारमा ल्याएको हुँ । ‘मोसो’ले पाठकको अपार माया पायो भने अर्को वर्ष अर्को उपन्यास लेख्नेछु । केही विषयवस्तु दिमागमा घुमिरहेका छन् । अहिलेलाई भने ‘मोसो’को सफलता वा असफलताले नै मेरो साहित्यिक भविष्यको निर्धारण गर्ने ठानेको छु ।

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In