भरतपुर । श्रीमती हत्याको आरोपमा चितवन जिल्ला अदालतले एक पुरुषलाई शुक्रबार १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद, १ लाख जरिवाना र ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने गरी सजायको फैसला सुनाएको हो ।
रत्ननगर नगरपालिका १५, माधवपुरमा जेठ ६ गते साँझ श्रीमान पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् ।
५४ वर्षीय श्रीमान पूर्णप्रसाद ढकालले श्रीमती ४३ वर्षीया सुशीला ढकाललाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा घाइते भएकी सुशिलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो ।
Discussion about this post