ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तनहुँ मासुमा आत्मनिर्भर

by गोविन्द अर्याल
२०७७ मंसिर १९, शुक्रबार १३:३९ गते
in प्रमुख समाचार
0
तनहुँ मासुमा आत्मनिर्भर
6
SHARES
Share on FacebookShare on Twitter

तनहुँ, १९ मङ्सिर (रासस) । जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ ।

गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ ।

दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ । कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्पm बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ ।

केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा शर्मिला कुमालले बताइन् ।

विदेश गएर फर्किएका युवा, सेवा निवृत्त सुरक्षाकर्मी तथा शिक्षक एवं कर्मचारीको पनि पशुपालनमा रुचि बढ्न थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । कोभिड–१९ का कारण सरकारले केही महिना यत्रतत्र हिँड्डुल गर्न प्रतिबन्ध लगाएपछि फुर्सदका समयमा कतिपय मानिसले पशुपालन र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
नश्ल सुधार गरी उन्नत पशुपालनलाई प्रोत्साहन, उन्नतजातको घाँस खेतीमा विस्तार, व्यावसायिक फार्मको विस्तार, सहकार्यमा अनुदान वितरण जस्ता कार्यक्रम सञ्चालनमा आएपछि पशुपालनतर्फ कृषकको आकर्षण बढेको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले बताए ।

पशुपालनमा व्यावसायिक कृषक बढेकाले खसी, बोका, राँगा खरीद गर्न सजिलो भएको दमौलीका मासु व्यवसायी बताउँछन् । गाउँबाट कृषकले बजारमा ल्याएर खसीबोका, कुखुरा, माछा,राँगोलगायत पशुपक्षी बिक्रीका लागि ल्याउन थालेपछि अन्य मुलुकको मुख ताक्न नपरेको झलक मासु पसलका सञ्चालक झलकबहादुर आले बताउँछन् । “पहिला पहिला मासुका लागि गाउँगाउँ घुम्नुपथ्र्यो” उनले भने, “अहिले त बिक्रीका लागि बिक्रेता पसलपसलमा आउन थालेपछि सहज भएको छ ।”

मासु प्रतिव्यक्ति प्रतिवर्ष १३ किलो आवश्यक पर्छ । उत्पादन भने १४ दशमल ६२ किलो रहेको कार्यालय प्रमुख डा श्रेष्ठले भने । तनहुँ मासुमा आत्मनिर्भर भइसकेकाले अब अन्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन कृषकलाई प्रोत्साहन गर्न समयसमयमा तालीम, गोष्ठी, अनुदानलगायत कार्य गरिँदै आएको उनले जानकारी दिए ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

चितवनमा नयाँ कोरोनाको जोखिम बढी : मास्क नलगाउने संख्या बढ्दै

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In