गत हप्ताको आइतबार साँझदेखि बेपत्ता भएकी महोत्तरी जिल्ला बर्दिवास–१४ का सहिद अन्सारीकी ५ वर्षीया छोरी गुलबसा खातुनलाई हत्या गरी बोरामा हालिएको अवस्थामा भेटिएपछि शव सडकमा राखेर विरोध प्रदर्शन गरिएको दृश्यले भित्र चिमोट्यो । बलात्कारपछि हत्याको आरोपमा गौशला नगरपालिका–५ का अरूणकुमार शाहलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीले शाहको घरमा समेत क्षति पु¥याएका छन् भने गोली लागेका एक जना प्रदर्शनकारीको ज्यान गएको छ ।
बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीलाई सोही गाउँपालिका–३ निवासी दीपकसिंह धामीले असार दोस्रो सातामा बलात्कार गरेको घटनालाई कात्तिक मासान्तभित्र एक तोला सुन दिने गरी कपाली तमसुक गरिएकोे पाइयो । पीडक दीपकले नदिए मनोर्जिसंह धामी र अमरसिंह धामीले तिर्ने तमसुक गरिएको पाइएको हो । पीडक पक्षबाट बारम्बार धम्की आएपछि पीडित पक्ष कानुनी उपचारका निम्ति प्रहरी कार्यालय बैतडी पुगेको बुझिएको छ ।
यी दुई सरकारले बलात्कारसम्बन्धी विधेयकका पूर्वदण्ड सजायहरुलाई अझ कठोर बनाएर राष्ट्र«पतिसमक्ष प्रमाणीकरण गर्न पठाएसँगै प्रकाशमा आएका छन् । बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायती बसेर मिलापत्र गराउने भद्रभलाद्मीहरुलाई समेत ३ वर्षसम्मको दण्ड सजाय गरिने, घटना थाहा पाएर पनि लुकाउन खोज्ने आदि पक्षहरुलाई समेत कसुर ठान्दै दण्ड सजायको प्रावधान राखिएको छ ।
प्रमाणीकृत विधेयकले बालिका, युवती वा महिलामात्र बलात्कृत हुने नभई बालक वा पुरूष पनि बलात्कृत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जुन लिङ्गी करणीमा परेको भए पनि त्यसलाई बलात्कार नै हुने ठहर गर्दै यसमा दुवै लिङ्गीलाई समेटिएको पाइएको छ ।
ऐन, नियम र कानुनका प्रावधानहरुमा कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गरिए त्यसले गैरकानुनी कार्य गर्नमा दुरूत्साहित गर्ने सत्य आप्mनो ठाउँमा छ । तर, ती ऐन नियम र कानुनका प्रावधानहरु कार्यान्वयन फितलो हुँदा वा पीडितलाई दबाबमा पार्ने, प्रलोभनमा पार्ने, पीडकलाई बचाउन केस दर्ता नगरिदिने, दर्ता नै गरिदिए पनि त्यसलाई कमजोर बनाउन प्रमाण नष्ट गर्ने कार्यमा अधिकारीहरु नै संलग्न रहने, पोस्ट मार्टम रिपोर्टलाई समेत प्रभावित तुल्याउने, पीडकलाई कस्टडीमा लिइहाले पनि मुद्दा कमजोर बनाएर छिट्टै रिहा गरिदिने, अदालतमा पु¥याएर भए पनि छुटाउने, छोटो कैद सजाय र हर्जाना तिराएर उम्काउने जस्ता कार्यले जनमानस न्यायालय र नैयायिक निकायप्रति विश्वस्त छैनन् । जनमानसमा न्याय मरिसकेको र निष्पक्ष न्याय पाउने स्थिति सक्किसकेको बुझाइ छ । सुरक्षा निकायलाई निरन्तर दबाब, धर्ना र प्रदर्शन गरिएमात्र सुनुवाइ हुने, केस फाइल दर्ता हुने, अभियुक्त पक्राउ पर्ने र मुद्दा चल्ने स्थिति बन्ने अन्यथा न्याय नपाइने आमधारणा बनेको स्थिति छ । चाहे झापा होस् चाहे कञ्चनपुर, चाहे काठमाडौँ होस् चाहे मनाङ र मुस्ताङ, सर्वत्र छ यस्तै बुझाइ र भोगाइ जनमानसको ।
यो भनेको न्याय मरिसकेको आमबुझाइ हो भन्दा अतिशयोक्ति नहोला । फलस्वरुप, महोत्तरीको बर्दिबास–५ मा गुलबस खातुनलाई मारेर बोरामा हालिएको घटनाबाट उत्तेजित नागरिकले सडकमा टायर जलाएर बाटो अवरूद्ध गरी प्रदर्शन गरे । त्यतिमात्र होइन हत्या आरोपी शाहलाई दण्ड दिन स्वयं जनमानस अग्रसर भए । शाहको घर तोडफोड गर्नेदेखि आगजनी गर्ने प्रयास गरे ।
जनता आफैँले कारबाही गर्न उद्यत हुने स्थिति सृजना हुनु भनेकै दुःखद हो । राज्यले निष्पक्ष दण्ड जरिवानादेखि कैद सजाय गरे जनतामा यस्तो न्याय मरेको बुझाइ हुने थिएन । कतिपय पीडकहरु आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिले पीडित पक्षभन्दा सशक्त र बलिया हुँदा पीडितहरु मर्कामा पर्ने गरेका छन् । त्यसैले धेरैले राज्यबाट ठगिएको, राज्यबाट नै असुरक्षित बनिरहेको अनुभूति गरिरहनु परेको हो ।
कञ्चनपुरकी निर्मला पन्तको हत्याको सबुद प्रमाण नष्ट गर्नमा स्वयं अधिकारीहरु नै क्रियाशील रहेको हुँदा हत्यारासम्म पुग्न सुरक्षा अङ्गलाई नै सकस भइरहेको यथार्थ अझै आलै छ । निर्मलाले अझै न्याय पाउन सकिरहेको अवस्था छैन । यद्यपि, निर्मला हत्या प्रकरणको पटाक्षेप हुने स्थिति अब टाढा नरहेको सम्बन्धित पक्षले बताइरहेका छन् । कतिपय मुद्दाहरुमा पीडक र पीडित पक्ष कमजोर रहेको अवस्थामा निष्पक्ष निर्णय भएको पनि छ । पीडित पक्ष आर्थिक, सामाजिक दृष्टिले कमजोर रहे पनि उसले दरिलो राजनीतिक समर्थन प्राप्त गरेको सन्दर्भमा न्याय प्राप्त गरेको अवस्था पनि छ ।
जनमानस मूलरुपमा सुरक्षा अङ्गप्रति विश्वस्त देखिन्न । आर्थिक चलखेल हुने र त्यसैका भरमा केस फाइल गर्ने/नगर्नेदेखि लिएर, केस फाइल नै भइहाले पनि सबुत प्रमाण अत्यन्त कमजोर बनाएर वा दोषीलाई उन्मुक्ति दिने हिसाबले फाइल तयार पार्नेजस्ता कार्य हुने गरेको ठान्छ । यस्ता मुद्दाहरुमा पनि न्यायालयसमेत आर्थिक चलखेलबाट अछूतो नरहेको बेलाबखतमा छापा र विद्युतीय माध्यमबाट प्रकाशित समाचारहरु बताउँछन् ।
धेरैजसो मुद्दाहरु दर्ता गरी आरोपितलाई हिरासतमा लिइसकेको अवस्थामा प्रहरीकै रोहबरमा पीडित पक्षलाई दबाब र प्रलोभनमा पारेर मिलापत्र गरेर मिलाउने गरिएका घटनाहरु देखिन्छन् । प्रहरीसमक्ष उजुरी गरिसकिएको अवस्थामा पनि प्रहरीले नदेखे र नसुनेजस्तो गरिदिँदा पीडित पक्ष विवश भएर तल परेरै भए पनि सहमति गर्न विवश हुने गरेका छन् । कतिपय अवस्थामा विवाह गरिदिने र मिलाउने गरेको पनि पाइएको छ ।
उमेर नपुग्दै होस् वा उमेर पुगेको अवस्थामा पनि जबर्जस्ती बलात्कार गर्ने व्यक्ति पुरूष भए राक्षस र महिला भए राक्षसनी हुन् । त्यसो त, बालक वा पुरूष बलात्कृत हुने भन्ने अपवादमात्र हुन् । बलात्कृत हुने महिला नै हुन् । त्यस्ता अपराधी राक्षसलाई पतिदेवको दर्जा दिनु स्वयंमा पाप हो । कसरी तिनले त्यस्ता बलात्कारीसँग सिङ्गो जीवन बिताउन सक्लिन् । विश्व परिवेशलाई नै हेर्ने हो भने पनि प्रायः समाज पुरूषप्रधान नै देखा पर्दछ । पुरूष नै अराजक हुँदा महिला प्रताडित बन्ने गरेका छन् । पुरूष आपैmँ सुरूमा महिलामाथि अन्याय गर्छ । अन्यायमा परेका ती नारीले पछि घरबार गरिखानबाट पनि तिनलाई यही समाज वञ्चित गर्न खोज्छ । बाल्यकालमा गरिएको होस् वा युवावयमा जुन वयमा गरिएको भए पनि महिला निर्दोष हुँदाहुँदै पनि दोषी करार गरिन्छे । घरबाट निकालिइन्छे र त्यस्ता सेवा केन्द्रहरुमा आश्रय लिएर बस्न विवश तुल्याइन्छ । कुनै पुरूषले आँट गरेर विवाह गरिहाले पनि त्यस्ता पुरूषहरुलाई नै हेय दृष्टिले हेर्ने र समाजमा टिक्न, बस्न नसकिने अवस्था सृजना हुन्छ । अझ महिलाको अवस्था के होला ? अकल्पनीय छ यो ।
सहवास भनेको सँगै बस्ने हो । अर्थात्, सहमतिका साथ पतिपत्नी दुवैको समान सहभागितामा हुने मैथुनिक क्रिया नै हो सहवास । पतिले सहवासको इच्छा राखे तर पत्नीले इच्छा राखिनन् । इच्छा प्रबल भएर आएपछि उनले श्रीमतीमाथि बल प्रयोग गरी सहवास गरे भने त्यसलाई पनि बलात्कार नै भन्ने गरिएको छ । यस्तो स्थिति पतिपत्नीबीच यदाकदा नहुने होइन । एक–दुईपटक महिला सहन्छन् पतिको कुकृत्यलाई पनि, तर जब पटकपटक दोहोरिन्छ र त्यहाँ प्रेमभन्दा पनि वासनात्मक यातना अनुभूति गर्छन् तब त्यो बाहिर प्रकट हुनपुग्ने गरेको देखिन्छ । अझ लोग्नेले जाँडरक्सी खाएर आउने र दैनिक जोरजबर्जस्तीका साथ सहवास गर्न खोज्ने खालका पुरूषहरु दण्डनीय हुन्छन् । यस्ता पुरूषहरु निश्चय नै अपराध मनोवृत्तिका नै मानिन्छन् । यस्ता यौनसँग जोडिएका घटनाहरु देखिन्छन् दिनहुँ । हाडछाला नाताअन्तर्गत नै आफन्तबाटै गरिने, छिमेकीहरुबाट, साथीहरुबाट, चिनेजानेका र विश्वास गरिएकाहरुबाट नै हुन्छन्, ज्यादाजसो आपराधिक यस्ता घटनाहरु ।
यसर्थ, कानुन कडा बनाएरमात्र पुग्दैन त्यसका प्रावधानबारे कोरोनाबारे जत्तिकै पढ–अनपढ, हिमाल, पहाड, तराई, मेची–महाकाली, बाल–युवा, वृद्ध जम्मैमा अवगत हुनुपर्छ राम्ररी । सँगसँगै हरेक आमा, हजुरआमा र फुपू दिदी आदिहरुले पनि छोरीलाई जत्तिकै छोरालाई पनि घरघरायसीको कामधन्दा सिकाउने, लगाउने र अनुशासनमा राख्न र महिलाको इज्जत र आदर गर्न पनि सिकाउनु जरूरी छ । छोरालाई अनावश्यकरुपमा प्रोत्साहित गर्ने, छोरा हो त्यो जहाँ गए पनि फरक पर्दैन, खुट्टा हुनेले जुत्ता फेर्दै हिँड्छ नि, मर्दका दसवटी हुन्छन्, रिल्याक्स गर भन्ने र पैसा दिने, घरको काम नलगाउने, ऊ त छोरा हो, हामी आमाबाबुको सहारा भन्दै सानैबाट पुल्पुल्याएर राख्ने, गल्ती गरे पनि ढाकछोप गर्ने, राति राति हिँड्न दिने, कहाँ के गर्छन्, कस्ता साथी छन् आदि चियोचर्चो नगर्ने, गल्ती गर्दा दण्ड सजाय नदिने बरू जे–जे माग्छ, जे–जे चाहन्छ त्यो अक्षरशः पूरा गर्दै जाने गर्दा नकारात्मक कार्य गर्न उनीहरुलाई मनोबल मिल्दै गएको हुन्छ । यसबाट उनीहरु कुलतमा फँस्नेमात्र नभई यस्ता चोरी–डकैती, हत्या–हिंसा र बलात्कारजस्ता जघन्य अपराधकर्ममा जोडिन पुग्छन् । उनीहरुको जिन्दगी पनि खराब र बाबुआमाको धनसम्पत्ति र इज्जत पनि स्वाहा हुनपुग्छ । सानी होस् या ठूली, विवाहित हुन् वा वयस्क जोकोही पनि एक्लै दुक्लै घाँसदाउरा, हाटबजार आदिमा एक्लै नछोड्ने बेलैमा फर्कने र घरमा बस्दा पनि कसैसँग विश्वास गरिहाल्ने परिवेश नरहेको यथार्थ बुझाउने र त्यसैअनुरुप आचरण गर्न लगाउने गर्नु जरूरी छ ।
यसर्थ, आवश्यक कुरामा लाडप्यार पनि गर्ने सँगसँगै राम्रा काम गर्न र छोराछोरीबीच समान व्यवहार गर्न सिकाए यस्ता घटना घटाउने सम्भावना अतिशय न्यून रहन्छ । यसैले, आप्mना सन्ततिलाई सकारात्मक मार्ग निर्देश गरौँ अनावश्यक पुल्पुल्याएर नबिगारौँ । बिग्रँदै गएपछि कानुनको पनि डर मान्न छाड्छन् भन्ने तथ्यलाई पहिले नै बुझेर सकारात्मक बाटातिर डो¥याऔँ । यसो भयो भने बिग्रने अवस्था थोरैमात्र रहन्छ र भोलिको यो युवा समाज सभ्य बन्न सक्तछ ।
dpk2068@gmail.com
Discussion about this post