चनौली । भरतपुर महानगर–२०, चनौली बजारमा रहेको जेएमसी बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारण सभा बिहीबारबाट सुरू भएको छ । सहकारीको मुख्य कार्यालय चनौली बजारमा मंसिर २१ गतेसम्म चरणबद्धरुपमा साधारण सभा भेला गरी समापन गरिँदैछ ।
कोरोना सङ्क्रमणका कारण उच्च सावधानी अपनाउँदै संस्थाले साधारण सभाको प्रक्रिया अघि बढाएको हो । सभाको शुभारम्भ गर्दै भरतपुर–२० का कार्यवाहक वडाध्यक्ष यज्ञप्रसाद घिमिरेले अन्य सहकारीहरुसँग समेत एकीकरणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
संस्थाका अध्यक्ष महेन्द्र गुरूङको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष गुरूङले संस्थाको वार्षिक आयव्यय र प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कार्ययोजनाअनुसार संस्थाको आफ्नै जग्गामा भवन बनाउने, शिक्षातर्फ छात्रवृत्ति प्रदान गर्ने, शेयर सदस्य थप्ने र अन्य सेवामूलक योजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका लेखा संयोजक ओम लामिछाने, संस्थाका उपाध्यक्ष एकनारायण पौडेल, चनौली बजार समितिका अध्यक्ष देवीप्रसाद पौडेल, पूर्वअध्यक्ष चूडामणि उपाध्याय, चनौली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीराम दवाडी, नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका अध्यक्ष लक्ष्मीकान्त दवाडी, इलाका प्रहरी कार्यालय चनौलीका प्रमुख रूद्रप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको यही मंसिर २१ गते चनौली बजारमा समापन गर्ने कार्यक्रम छ ।
Discussion about this post