ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नवलपुरमा धान उत्पादनमा कमी

by गोविन्द अर्याल
२०७७ मंसिर १८, बिहीबार १३:५७ गते
in प्रमुख समाचार
0
अमेरिका : राष्ट्रपति चुनाव र ट्रम्पको दृष्टिकोण

??

6
SHARES
Share on FacebookShare on Twitter

कावासोती, १८ मङ्सिर (रासस) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र तनहुँका समयमै धान रोपिए पनि उत्पादनमा कमी आएको हो ।

यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको हो ।

गत वर्ष २० हजार ३२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष २१ हजार ९५१ हेक्टरमा धान रोपाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन भएको नवलपुरमा प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको श्रेष्ठले जानकारी दिए ।

यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो । धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।

तल्लो क्षेत्रमा उन्नत जातका सावा, सावित्री, हाईब्रिड गोरखनाथ जातको धानखेती हुँदै आएको छ । पहाडी क्षेत्रमा पनि उन्नत जातका सावित्री, सावा र स्थानीय जातको झिनुवा, अनदीलगायत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय कावासोतीका प्रमुख मीरा चौधरीले बताए ।

जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए । सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै निवेदन नदिएको शर्माको भनाइ छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

चितवनमा नयाँ कोरोनाको जोखिम बढी : मास्क नलगाउने संख्या बढ्दै

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In