कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कायाृलय नवलपुरका अनुसार देवचुली–१५ प्रगतिनगर चोकमा चेक जाँचको क्रममा लु १ ख ९१८१ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा तनहुँ जिल्लाको व्यास नगरपालिका ३ वीसघरे वस्ने वर्ष १९ को सोहन मिया र झापा जिल्लाको दमक नगरपालिका २ घर भई हाल तनहुको व्यास नगरपालिका २ बस्ने वर्ष १९ को विवेक रानालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले २ एमएल दरको झोल रहेको डाइजेपाम २५ एम्पुल, २ एमएल दरको झोल रहेको नुफिन २५ एम्पुल, २ एमएल दरको झोल रहेको फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुलमध्ये १०/१० एम्पुल डाइजापाम, नुफिन र फेनारागन गरी ३० एम्पुल रहेको र १५/१५ गरी ४५ एम्पुलहरु फुटी सिसाका टुक्राहरु रहेको झोलमा पोखिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई लागुऔषध ऐन अनुसार कारवाहीको तयारी थालेको जनाएको छ ।
Discussion about this post