भरतपुर । वतावरण संरक्षणका लागि चितवनमा पहिलो पटक रेज हेन्ड्स नेपाल्स् क्लिनर अफ दि इयर अर्वाड २०१४ गरिने भएको छ । जैविक विविधता संरक्षण र पृथ्वीको आयु लम्बाउने अभियानमा रहेको रेज हेन्ड्स नेपाल संस्थाले विश्व वातावरण दिवस जुन ५ अर्थात् यही जेठ २२ गते अर्वाड वितरण गर्न लागेको हो ।
पछिल्लो समयमा ओजन तहलाई नै असर गर्ने प्लाष्टिकजन्य पदार्थको नियन्त्रण एवं निर्मुल गर्नपर्छ भनी वातावरण दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रममा सबैभन्दा बढी फोहोर संकलन गर्नेलाई अर्वाड वितरण गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । गोन्द्र्राङदेखि टिकौलीसम्म २२ गते सरसफाई कार्यक्रम गरिने पत्रकार सम्मेलनमा रेज हेन्ड्स नेपालका अध्यक्ष सुनिल सापकोटाले बताए । दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालय, चितवन सहआयोजक रहेका छन् । साथै सोही दिन अन्तर माध्यामिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ ।
Discussion about this post