ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रदेश राजधानी जोड्ने सडक निर्माणमा जोड

by गोविन्द अर्याल
२०७७ मंसिर १७, बुधबार १२:५४ गते
in समाचार, समाज
0
प्रदेश राजधानी जोड्ने सडक निर्माणमा जोड

OLYMPUS DIGITAL CAMERA

13
SHARES
Share on FacebookShare on Twitter

कावासोती, १७ मङ्सिर (रासस) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो ।

कावासोतीको फलफूल चोक–बोझापोखरी–कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करोडरमा जोडिने सडक डेढगाउँबाट तनहुँको भीमाद हुँदै खैरेनीटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानीसँग सीधै जोड्ने छ । हाल यहाँका बासिन्दा चितवन मुग्लिङ हुँदै वा बुटवल–स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था रहेको छ ।

जिल्लालाई प्रदेशसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिनसकेको छैन । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सकिसक्नु पर्नेमा तर सो अवधिमा काम नसकिएपछि यसै वर्षको चैत १३ गतेसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटलका इञ्जिनीयर सागर पोखरेलले बताए ।

कावासोती–बोझापोखरी र बोझापोखरी–कोखेटार गरी सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको ६ किलोमिटर ग्राभेल तथा दोस्रो खण्डमा सबै २० किलिमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको तर हालसम्म पहिलो खण्डमा २० प्रतिशत र दोस्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।

पहिलो खण्डमा सन्तोसी–रौताहा–हरिहर जेभी र दोस्रो खण्डमा पप्पुकोशी–न्यौपाने–बन्धन भगवती जेभीले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले निर्माणको काम सुस्तगतिमा गर्दा समेत प्रगति राम्रो देखिएको छैन । केही समय कोभिडले समेत निर्माणको कामलाई प्रभाव पारेको इञ्जिनीयर पोखरेलले बताए ।

यस्तै पहिले सडक डिभिजन कार्यालय बुटवलबाट निर्माणको काम भएकामा बीचमा गण्डकी प्रदेश सरकारमार्फत काम गरिएको थियो । अहिले पुनः सडक डिभिजन कार्यालय बुटवलमार्फत काम शुरु भएको पोखरेलले बताए । सडक निर्माणको अख्तियारीले समेत केही अलमल भएको उनले बताए । अहिले निर्माणको कामले गति र थपिएको अवधिमा समेत निर्माणको काम सम्पन्न हुन सक्ने अवस्था भने देखिएको छैन । पहिलो खण्डको कालोपत्र गर्ने क्षेत्रमा अझै नाला निर्माणको काम पूरा हुन सकेको छैन ।

दोस्रो खण्डमा सडक चौडा पार्ने, पहिरो रोकथामकोलगायत काम अझै बाँकि नै रहेको छ । नवलपुरको पहाडी क्षेत्रको ‘लाइफलाइन’को रुपमा हेरिएको सडक निर्माणले गति लिन नसक्दा स्थानीयवासी भने निराश भएका छन् । वर्षौंपछि सडक निर्माणको काम थालनी भएको तर समयमा पूरा नहुनु दुःखको कुरा भएको नेकपाका जिल्ला नेता भीमलाल कँडेलले बताए ।

निर्माणाधीन ४० किलोमिटर लम्बाइमा समेत पूरै भाग कालोपत्र नगरिँदा यस क्षेत्रका बासिन्दा धुलोमै हिँडनुपर्ने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । प्रदेश राजधानी जोड्ने जिल्लाको प्रमुख सडक भएकाले ४० किलोमिटर पूरै खण्ड कालोपत्र गर्ने गरी बजेट थप गरेर काम हुनुपर्ने उनले बताए ।

दुवै खण्ड गरी कूल रु ८४ करोड ९८लाख ८ हजार २४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ थोरै भएकाले बढाउनुपर्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । आयोजना निर्माणका क्रममा सडक खण्डअन्तर्गत सार्वजनिक सम्पत्तिको अभिलेखीकरण प्रष्ट गर्नुपर्ने, निजी सम्पत्तिमा हुने क्षतिपूर्तिको उचित मूल्याङ्कनसहित मुआब्जा दिनुपर्ने र सरोकारवालासँग समन्वय गरी आउने अवरोधको पूर्ववत् रुपमै छलफल गरी समयमै सडक निर्माणको काम सक्नका लागि लाग्नुपर्ने उनले बताए ।

Related Posts

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In