ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विपीसँगै जागरण गीत गाउने योद्धाको निधन

by चितवन पोष्ट
२०७७ मंसिर १७, बुधबार ०९:२४ गते
in राजनीति, समाचार
0
Chitwan Post
9
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । विसं २०१५ मा नेपाली कांग्रेसका नेता विपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा विपीसँगै गीत गाएका थिए । उनले भने, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ कांग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आएका थिए ।”
विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताएका थिए ।
विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति भएका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
आफ्ना पिताको चुनावमा समेत खटिएका पौडेलको पार्थिव शरीरमा विपी पुत्र एवं कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पौडेलका हाल तीन छोरा र दुई छोरी छन् ।
त्यस्तै महामन्त्री कोइरालाले मंगलबारै रत्ननगरमा दिवङ्गत भएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थिव शरीरमा घरमै पुगेर पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विसं १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिएका पौडेलले २००७ देखि २०१७ सालसम्म पटकपटक कारागार जीवन बिताएका थिए । विसं २०४६ को जनआन्दोलनमा उनको टाउकामा गोली लागेको कांग्रेस चितवनले जनाएको छ । उनका दुई छोरा र चार छोरी छन् । दुवैको देवघाटमा अन्त्येष्टि गरिएको छ । रासस

Related Posts

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

रहेनन् वामपन्थी नेता खम्बासिंह कुँवर

जसले दिए अध्यक्ष प्रचण्डलाई पार्टी सदस्य

Discussion about this post

अन‌ि यो पनि

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
विश्व

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा...

Read more
कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In