नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्कीदेवी ब्राइट फ्युचर इङ्लिस बोडिङ्ग स्कुलको स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका ३ जनामध्ये एक जनाको निधन भएको छ ।
मंगलबार बिहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री सडक खण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये मध्यविन्दु नगरपालिका १३ निवासी ३५ वर्षीय सन्तबहादुर कुमालको निधन भएको हो ।
उनको उपचारको क्रममा भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए । दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक, २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् ।
नीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post