ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एचआइभी/एड्स रोकथाममा जुटौँ

by चितवन पोष्ट
२०७७ मंसिर १६, मंगलवार १०:३४ गते
in सम्पादकीय
0
एचआइभी/एड्स रोकथाममा जुटौँ
3
SHARES
Share on FacebookShare on Twitter

आज डिसेम्बर १ अर्थात् ३३औँ विश्व एड्स दिवस । ‘सबैको संयुक्त प्रयासले एचआइभी नियन्त्रण र रोकथामका लागि अग्रसर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाउने र उनीहरुलाई एचआइभी प्रतिरोधक औषधि सेवन गराउने लक्ष्य निर्धारण गरेको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाले पनि नेपालमा रहेका एचआइभी/एड्स सङ्क्रमितको अवस्था पत्ता लगाउन सन् २०१६ देखि २०२० सम्मको कार्ययोजना बनाएर काम गर्दै आएको थियो । कार्ययोजनामा ९०–९०–९०/२०२० मा जोड दिइएको थियो । अर्थात् ९० प्रतिशत सङ्क्रमित पत्ता लगाउने, ९० प्रतिशतलाई औषधि खुवाउने र ९० प्रतिशतको भाइरस परीक्षण तथा औषधिको प्रभावकारिता जाँच्ने रहेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार सन् २०२० सम्ममा विश्वभर करिब ३ करोड ८८ लाख मानिसमा एचआइभीको सङ्क्रमण देखिएको छ, जसमा १८ लाख बालबालिका रहेका छन् । युएस एड्सको साथ–साथ प्रोजेक्टको तथ्याङ्कअनुसार नेपालमा एचआइभी सङ्क्रमितको कुल संख्या ५० हजार २०० रहेको अनुमान छ ।

सन् १९८१ मा अमेरिकामा पत्ता लागेको यो भाइरस नेपालमा सन् १९८८ मा देखा परेको थियो । त्यसपछि नेपालमा पनि एड्स दिवस मनाउन सुरू गरिएको हो । एचआइभी/एड्ससम्बन्धी चेतना फैलाउने, यसको रोकथाम तथा उपचारका बारेमा विश्वभर जानकारी दिने, एचआइभी एड्सविरूद्ध गरिएका कार्यक्रम तथा गतिविधिहरुका बारेमा सबै ठाउँमा सूचना पु¥याउनु नै यस दिवसको मुख्य उद्देश्य हो । एचआइभी रोकथाम, स्याहार, हेरचाह, उपचार तथा सहयोग गर्न तथा सर्वव्यापी सेवाको पहुँच बढाएर सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप यो दिवस मनाइँदै आएको छ । एचआइभी भाइरस विश्वभर नै महामारीको रुपमा फैलिएको छ । असुरक्षित यौन सम्पर्क, रगत तथा रगतजन्य पदार्थको असुरक्षित प्रयोग तथा सङ्क्रमित आमाबाट बच्चामा सर्न सक्ने यो भाइरसबाट सुरक्षित हुनको लागि रोकथाम र सचेतना नै मुख्य उपाय हो । एड्स आफैँमा रोग भने होइन । एचआइभी भाइरसलाई पूर्णरुपमा निस्तेज पारेर भाइरसमुक्त शरीर बनाउने औषधिहरु पत्ता लागिनसके पनि शरीरको प्रतिरक्षा प्रणालीलाई पूर्णरुपमा बलियो बनाई शरीरका कोषहरु सिडिफोर सेलको संख्या बढाउन सहयोग गर्ने तथा हुन सक्ने अवसरवादी संक्रमणहरु रोक्नका लागि औषधिहरु पाइन्छन् । ‘एन्टिरेट्रो भाइरल थेरापी’ भनेर पाइने यी औषधिहरु नेपाल सरकारले विभिन्न एआरटी केन्द्रहरुबाट निःशुल्क वितरण गरिरहेको छ । नियमित एआरटीको प्रयोगबाट शरीरको आवश्यक प्रतिरक्षा गर्नुका साथै लामो जीवन जिउन मद्दत पु¥याउँछ ।

नेपालमा एचआइभी सङ्क्रमण हुने प्रमुख माध्यम नै यौनकर्मीहरु हुन् । एक तथ्याङ्कअनुसार नेपालमा ४० हजार यौनकर्मी छन्, जसमा एक हजार ३०० एचआइभी सङ्क्रमित छन् । एचआइभी सङ्क्रमित गृहणीको संख्या १८ हजार रहेको छ । विशेषगरी, नसाबाट लागू पदार्थ लिने व्यक्ति, महिला यौनकर्मी तथा ग्राहक, पुरूष समलिङ्गीहरु, विदेशमा काम गर्न जाने कामदार तथा तिनीहरुका परिवारका सदस्यहरु एचआइभीको जोखिम समूहमा रहेका छन् । नेपालमा ५८ प्रतिशत वयस्क जनसंख्या एचआइभीको जोखिममा छ । नेपालमा सरकार तथा दातृ निकायहरुको सहयोगमा विभिन्न संघसंस्थाहरु एचआइभी नियन्त्रण गर्न लागिरहेका छन् । नेपालमा १६ हजार सङ्क्रमितले निःशुल्क औषधि सेवन गर्दै आएका छन् । एचआइभी भएकाले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण गरे सामान्य मानिससरह जीवन जिउन सकिन्छ । एचआइभीको नयाँ सङ्क्रमण दरलाई घटाउने, एचआइभीबाट हुने मृत्युदरलाई घटाउने तथा आमाबाट बच्चामा हुने सङ्क्रमणलाई घटाउन सकिए सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सकिन्छ । एचआइभी/एडसबारे जनस्तरमा अझै बढी सतर्कता अपनाउँदै एचआइभी रोकथाम तथा नियन्त्रणका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारीका लागि जुट्नु आवश्यक देखिन्छ ।

Related Posts

Chitwan Post

बढ्दो बलात्कारका घटना

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Discussion about this post

अन‌ि यो पनि

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
विश्व

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा...

Read more
कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In