ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गैँडा मृत्युबारे समितिले थाल्यो छलफल

by चितवन पोष्ट
२०७७ मंसिर १६, मंगलवार १०:०१ गते
in समाचार, समाज
0
अमेरिका : राष्ट्रपति चुनाव र ट्रम्पको दृष्टिकोण
8
SHARES
Share on FacebookShare on Twitter

कसरा । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया गर्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ । यसमध्ये चारवटा गैँडा चोरीसिकारीबाट मरेको निकुञ्जको तथ्याङ्क छ । विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् ।
सन् २०१५ मा भएको गैँडा गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा थिए । यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ । निकुञ्जले केही वर्ष शून्य चोरीसिकारी वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणनीतिका साथ अगाडि बढ्ने भएको छ । कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरीसिकारीबाट गैँडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको आशङ्का गरिएको छ ।
निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाले आयमूलक सीपका लागि तालीम दिने काम गरिरहेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैँडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समधानमा लाग्ने बताए ।
कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरीसिकार बढेको आशङ्का गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ । निकुञ्जले गैँडाको चोरीसिकार नियन्त्रणका लागि यस आसपासका बस्तीमा विषेश निगरानीसमेत बढाएको छ । रासस

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
विश्व

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा...

Read more
कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In