शारदानगर । भरतपुर–१८ मा रहेको संस्था सोच परिवर्तन नेपालको आयोजनामा एकहप्ते उद्घोषण तथा पत्रकारिता तालिम शारदानगरमा सोमबारदेखि सुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले सबैभन्दा पहिले हामीबाट नै सोच परिवर्तन गर्न आवश्यक रहेको बताउँदै युवावर्गको नेतृत्वमा सोच परिवर्तन नेपालको स्थापना भएको र यो संस्थाको संरक्षण गर्न हामी सबैको आवश्यकता रहेको बताइन् ।
सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सहसचिव स्मृति भूषाल, भरतपुर–१९ का वडा अध्यक्ष कर्णबहादुर गुरूङ, समाजसेवी विष्णु ढकाल, महिला अधिकारकर्मी तारा गुरूङ, सामाजिक व्यक्तित्व सोमप्रसाद भण्डारी, भरतपुर–१८ की महिला सदस्य जोत्स्ना अधिकारी, कमलनाथ पौडेल, प्रशिक्षक गोपाल दराई, प्रविन काफ्लेलगायतकोे उपस्थिति थियो ।
मंसिर २१ गतेसम्म सञ्चालन हुने भाषणकला, उद्घोषण तथा पत्रकारिता तालिममा विष्णु ढकाल, सृजना अर्याल, अनिल ढकाल, गोपाल दराई, रामशरण गैरे, पुनम थापा मगर, रमेश घिमिरे, अर्जुन अधिकारीलगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
Discussion about this post