भरतपुर । नेपालका लागि नर्वेका राजदूत केल टी पिटर्सनले समयमा नै संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय शान्ति समिति चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत पिटर्सनले आशा गरेजस्तो गरी संविधान निर्माणको काम अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेपालमा शान्ति कायम गर्न नर्वेका तर्फबाट सहयोग पु¥याइने पनि राजदूत पिटर्सनले बताउनुभयो ।
सो अवसरमा विघटित सेना समायोजन समितिका संयोजक बालानन्द शर्माले माओवादी लडाकु समायोजन उदाहरणीय भएको बताउँदै देशमा दिगो शान्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समिति चितवनले गरेका उपलव्धिहरुका विषयमा संयोजक जितनारायण श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
सेना समायोजन पछिको अवस्थाको बारेमा बुझ्न राजदूत पिटर्सन विघटित सेना समायोजन समितिका संयोजक शर्मासँगै चितवन आइपुग्नु भएको हो ।
Discussion about this post