ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

by चितवन पोष्ट
२०७७ मंसिर १५, सोमबार २०:०४ गते
in प्रमुख समाचार, समाचार
0
७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ  : मन्त्री ढकाल

भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल । तस्बिर : नारायण अधिकारी/ रासस

7
SHARES
Share on FacebookShare on Twitter

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् ।

भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए ।

“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उनले भने, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेलगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर, हामीले गरेको सेवा गर्व गर्न लायक रहेको बताए ।

“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्त्वपूर्ण रहेको छ”, उनले भने, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ५० श्ययाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० श्ययाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो । सरुवा रोग भवन निर्माण गर्न रु आठ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ ।

आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु नौ करोड बजेट विनियोजन गरिसकेको छ । रासस

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In