ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बिचौलियाका दबाबमा यथास्थितिमै अल्झिएको राजनीति

–रामशरण गैरे

by चितवन पोष्ट
२०७७ मंसिर १५, सोमबार ११:२६ गते
in विचार
0
बिचौलियाका दबाबमा यथास्थितिमै अल्झिएको राजनीति
24
SHARES
Share on FacebookShare on Twitter

दुनियाँमा नेपाल त्यस्तो देश हो जहाँ जननिर्वाचित सरकारभन्दा अनौपचारिक क्षेत्रका बिचौलियाहरु शक्तिशाली छन् । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत् र खानेपानीलगायत अन्य क्षेत्रमा बिचौलियाको बिगबिगी छ । यिनैका कारणले सरकारले लक्ष्यअनुरुप विकास बजेट खर्च गर्न सकेको हुँदैन । देश र जनताको भलाइ गर्छु भनेर सरकार चलाउन आएकाहरुले यिनीहरुबाटै बारम्बार धोका पाउने गरेका छन् । यति हुँदाहुँदै पनि यिनीहरुविरूद्ध सरकार, राजनीतिक दल र तिनका निकट संगठन मिली क्रान्ति र बहिष्कार गर्न सकेका छैनन् ।

निर्माणको काम, खरिदको काम, संकलनको, उत्खननको, ढुवानीको, आयात–निर्यातको काम गर्दा ठेकेदार, दलाल, बिचौलियामार्फत गर्नुपर्ने राज्यको ऐन, कानुन, नियममा बाध्यकारी व्यवस्था छ । सरकारी संयन्त्रले यस्ता काम गर्न नपाउने व्यवस्थाले पनि ठेकेदारहरु शक्तिमान बनेका हुन् । देशका साना–ठूला आयोजनाहरु ठेकेदारले जिम्मा लिन्छन् तर काम अघि बढाउँदैनन् । फलतः काम अलपत्र हुन्छ, जनताले दुःख पाइरहेका हुन्छन् । तर, जिम्मा लिएको काम जसरी पनि सम्पन्न गर्न सरकारले ठेकेदारलाई बाध्य बनाउन नसक्ने अवस्था पाइन्छ । ललाइफकाई काम गरायो भने गरायो, नत्र ताकेता गरेर, हप्काएर, तर्साएर, धम्काएर निर्धारित समयमै गुणस्तरीय काम गराउन सक्ने अवस्था रहेनछ ।

कागजमा जे लेखिएको भए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सक्दैन रहेछ । सरकार ठेकेदार, दलाल, बिचौलियाको हातमा छ भनेर आरोप लगाउनेहरु भन्ने गर्छन् । सरकारले ठेकेदार, बिचौलिया, दलालहरुको पक्षमा सधैँ निर्णय गरेको देख्दा आरोप मिथ्या हो भन्न पनि नसकिने अवस्था छ । कयौँ पुलको काम दसौँ वर्षदेखि अलपत्र छन् । सडक त्यत्तिकै अलपत्र छन् । सिंचाइ कुलोको अवस्था त्यस्तै छ, तर न कार्यालयले ठेकेदारलाई कालो सूचीमा राखेको छ, न दण्डित गरेको छ । यसले ठेकेदारभन्दा कार्यालय कमजोर देखाउने रहेछ । विडम्बनाचाहिँ के भने जुनसुकै पार्टीले, जोसुकै नेताले सरकार चलाए पनि अवस्था योभन्दा फरक देखिएन । त्यसैले, देश अपेक्षित अग्रगमनमा जान सकेन ।

२०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणाली अपनाइएपछि व्यावसायिक क्षेत्रका व्यक्तिलाई टपक्क टिपेर सभासद् बनाउने अभ्यास २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कायमै रह्यो । त्यसमाथि, दर्जनौँ स्थानमा ठेकेदार, व्यापारी तथा व्यवसायीले अन्य प्रतिस्पर्धीलाई पाखा पारेर पार्टीको टिकटमा उमेदवारी दिन पाए । स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा पनि यही अभ्यास झाँगियो । वैध÷अवैध धन्दा चलाउन राजनीतिको ओत खोजिरहेका व्यवसायीहरुबाट आर्थिक लाभ लिएर उनीहरुलाई राजनीतिमा स्थापित गर्ने प्रवृत्ति राजनीतिक दलका नेताहरुमा मौलाएको छ । शान्ति र समृद्धिको नारा लज्जित भएको पनि सरकारको यस्तै गतिविधिले गर्दा हो ।

नेपालमा भएका र रहेका राजनीतिक दललाई नियाल्ने हो भने झन्डै ६० प्रतिशत वा सोभन्दा बढी कम्युनिस्ट अर्थात् सर्वहाराको बर्चस्व छ । तर, दुःखको कुरा यिनै दलले पटकपटक सरकारको नेतृत्व गर्दा पनि आमसर्वसाधारणको हित हुन सकेको छैन । समाजमा भएका विकृति÷विसंगति, दलाल र बिचौलियाविरूद्ध एक पाइला पनि अघि बढ्न सकेको छैन । संसारमा भएका धेरैजसो राजनीतिक र सामाजिक आन्दोलन राष्ट्रियता, स्वाधीनताको पक्षमा तथा दलाल पुँजीवाद, बिचौलिया र सामन्ती प्रथाविरूद्ध छन् । मूलतः क्रान्तिको उद्देश्य नै यी र यस्तै खालका विकृतिलाई परास्त गरी सर्वहारा, गरिब, किसान, मजदुर र आममानिसको हितमा काम गर्ने भन्ने हुन्छ । तर, नेपालमा हालसम्म बिचौलियाका विरूद्ध न राजनीतिक दलले क्रान्ति गर्न सकेको छ, न त सत्तापक्षले परास्त नै ।

देशमा लोकतन्त्र, गणतन्त्र आई जनताको सरकार आए पनि बिचौलियाका लागि सधैँ मोजमस्तीसहितको लुटतन्त्र नै चलिरहेको छ । हालसम्म नेपालमा जनताको सेवा गर्ने कसम खाएका दल र तिनका नेताले चलाएका सरकारले देश र जनतालाई उल्लेख्य मात्रामा केही पनि डेलिभर गरेको देखिँदैन । बरू, यिनीहरु सरकारमा गएपछि गरिब, किसान, मजदुर र आमसर्वसाधारणको हित गर्ने कार्यक्रम तर्जुमा गर्नुभन्दा चुनावमा आफूलगायत पार्टीलाई चन्दा दिएर सहयोग गर्ने दलाल र बिचौलियाको भलाइमा लाग्ने गरेका छन् ।

देशका राजनीतिक दलको एजेन्डामा समाजवाद, सर्वसाधारणको हित गर्ने भनेको चाहिँ चुनावी ब्यानर र गरिबको भोट किन्ने माध्यममात्रै साबित भएका छन् । राजनीतिक दल नै बिचौलियाको अघोषित मुख्य अभिभावक भएका छन् । प्रजातन्त्र, गणतन्त्र र समाजवादको पसल थापेर जनमतको दुहाई दिँदै दलाल, पुँजीपति र बिचौलियाको प्रमोसन गर्नमा व्यस्त छन् । राजनीतिक उपलब्धिले देश र समाजलाई परनिर्भरबाट आत्मनिर्भर बनाउँदै स्वावलम्बी अर्थव्यवस्थाको विकास गर्ने हो, तर नेपालमा राजनीतिक संस्कार बिचौलिया र दलालको घेराबाट माथि उठ्न सकेको छैन ।

देशको एक क्षेत्रमा नभएर हरेक क्षेत्रमा बिचौलिया र दलालको राज चल्दै आएको छ । विगतका अस्थिर सरकारले यिनीहरुलाई तह लगाउन सकेनन्, तर अहिलेको शक्तिशाली र स्थिर सरकारले समेत तह लगाउन नसक्ने हो भने दलाल, माफिया र बिचौलियालाई औपचारिकता प्रदान गर्नुप¥यो । संघ, प्रदेश र स्थानीय तहको सरकारले आम्दानी सिर्जना गर्नेभन्दा पनि कर संकलन गर्ने नीति लिएका छन् । एक किसिमले हेर्ने हो हो भने दलाल, माफिया र बिचौलियाहरु तिनै तहको सरकारको जिम्मेवार पदमा कार्यरत भएको हुँदा अघोषित तवरले यिनीहरु वैधानिक छन् । दलाल, माफिया र बिचौलियालाई करको दायरामा ल्याउने हो भने आम्दानी सिर्जना नभए पनि करको दायरा बढ्छ । यसो गर्दा कम्तीमा छाया अर्थतन्त्र त मौलाउन पाउँदैन । आखिर राज्य चलाउनेलाई कर नै चाहिएको त हो ।

नेपालमा त सन् १९९० को दशकदेखि नै उदारवादी व्यवस्था अँगालियो । गोरखा राज्य विस्तारलाई आधार मान्दा अढाई सय वर्षयता नेपाल पुँजीवादी देश नै हो । त्यसयता राज्य स्वतन्त्र बजारप्रति आफ्नो दायित्वबाट च्युत हुँदै आयो । त्यसको नतिजाको रुपमा दलाल अर्थतन्त्र फस्टायो, जसका कारण उत्पादकले आफ्नो लागतअनुसारको प्रतिफल पाएनन् । उपभोक्ता त स्वाभाविकरुपमा ठगिएकै छन् । पञ्चायतकालमा नियन्त्रित राज्यव्यवस्थाले आफ्नो काबुमा राखेकाले अर्थतन्त्र पनि नियन्त्रित नै थियो । राज्य आफैँले उद्योगधन्दा चलाउँथ्यो, बजारलाई नियन्त्रण गथ्र्यो । अहिलेका नेपाल आयल निगम, साल्ट ट्रेडिङलगायत त्यही समयका देन न हुन् । यी यन्त्रमार्फत बजारलाई नियन्त्रण गरियो । मुलुकमा बहुदल आएपछि राज्यको भूमिका खुम्चिँदै गयो । राज्यले आफ्नो दायित्व भुलेर उद्योग, कलकारखाना बेच्दै गयो । देशका उद्योगधन्दाहरुको विनाश गर्दै आयातित वस्तुको भन्सारबाट मोटाउने सरकार र व्यापारीहरु दलाल पुँजीवादका उदाहरण हुन् ।

यहाँ त बीचमा बसेर नाफा खानेमात्रै छन् । उद्योगले त उत्पादन गर्छ, रोजगारी दिन्छ, त्यसले राष्ट्र र समग्र अर्थतन्त्रलाई नै योगदान दिन्छ । उद्योगपति भनिने वर्गले उत्पादन नगर्ने, खालि व्यापारमात्रै गरिदिनाले नेपालमा उपभोक्तावाद मौलायो । अहिलेको बाह्य स्रोतमा आधारित कृषि उत्पादन र बिचौलिया बजार प्रणालीले हामीलाई थोपर्ने नै यही महँगी र अभावको दुष्चक्र हो । नेपालको आफ्नै उत्पादन छैन । अरुका माल बेचेर अर्थतन्त्र चलेको छ । हाम्रो अर्थतन्त्र झन्डै ८७ प्रतिशत बाहिरिया मालसामान बेच्ने बजारिया अर्थतन्त्र हो । यो मूल्य हेरफेर गर्दै मालसामान यताउता गरेरै चलेको छ । यसैले, केही निष्कर्षहरुका कारण हाम्रो अर्थतन्त्रलाई ‘दलाल अर्थतन्त्र’ भनिन्छ ।

दलाल पुँजीवादले देशभित्रको पुँजी निर्माणमा कुनै योगदान गर्दैन, बरू भएका पुँजीगत स्रोतहरुको प्रयोगबाट वस्तु आयात गर्दै अकुत नाफा कमाउने ध्याउन्नमा रहन्छ । समाजमा थप उत्पादन नगरी यताउता गरेको भरमा अकुत सम्पत्ति कमाउने र यसबाट हुने नाफाबाट विलासिताका वस्तु आयात गर्दै राष्ट्रलाई थप विदेश निर्भर हुन बाध्य पार्छ या अनुत्पादक घरघडेरी खरिद वा विभिन्न किसिमका सट्टेबाजी क्रियाकलापमा लगानी बढाउँछ ।

आफूसँग प्रचुर प्राकृतिक स्रोतको अथाह सम्पत्ति हुँदाहुँदै पनि हामी देशविदेशमा गरिब भन्दै भीख माग्छौँ । केही त्यही भीखको रकममा भ्रष्टाचार गरी धनी बन्दैछन् । तर, आमनेपालीको जीवनस्तरमा खासै सुधार आएको देखिँदैन, बरू छोराछोरी पाल्न नसकी आमाबाबुहरुले आत्महत्या गर्नु परेको र औषधोपचार रकम तिर्न नसकी बिरामीले अस्पतालको झ्यालबाट हाम फाल्नु परेको कारूणिक घटना दोहोरिएर सुन्नमा आइरहेको छ । दैनिकी चलाउन परदेशिन बाध्य, रातदिन रगत–पसिना गर्ने श्रमिक, साना किसान र विपन्न गाउँले या सहरिया श्रमिकका दिनदिनैको खानेकुरा जोहो गर्न बढेका व्यथाका कथा भने त्यसमा बिरलै भेटिन्छन् ।

नेपालका अधिकांश उद्योगपति भनिनेहरु दलाल र बिचौलिया हुन्, तिनको स्वाभाव दलाल पुँजीपति हो । उद्योगी को छ यहाँ ? यहाँ त उद्योग नै छैन, खालि व्यापारमात्रै हो । दलाल अर्थतन्त्रमा मौलाउने भनेको बिचौलिया नै हो । आज पनि समाजको एउटा वर्ग गरिबको गरिब छ । उसको अवस्था हिजो जहाँ थियो आज पनि त्यहीँ छ । जो गरिबीमा रहे उनीहरुको जीवन कष्टकर छ । उनीहरुको पहिले र अहिलेको जीवनमा ता¤िवक अन्तर छ । यता सम्पन्नता बढ्दैछ भने अर्कोतिर विपन्नता पनि बढ्दै गएको छ । गरिबीको परिभाषा पनि समाजको विकासक्रमसँगै बदलिँदै गएको छ । पहिला खान नपाउनेलाई मात्रै गरिब ठानिन्थ्यो, अहिले त्यसको परिभाषा फरक भएको छ । यो दलाल अर्थतन्त्रले फेरेको परिभाषा हो ।

विसं २०४६ साल र २०६३ को जनआन्दोलन मूलतः दलाल पुँजवाद र सामन्ती–चाकरी प्रवृत्तिविरूद्ध नै थियो । तर, आन्दोलन सफल भएपछि झन् बिचौलिया र दलाल पँजीवाद मौलाउँदै गयो । समयक्रममा उपलब्धि रक्षा गर्न पनि यिनै दलालको पाउ पर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वार्थपूर्तिका लागि नेता रिझाउने व्यावसायिक क्षेत्रलाई राजनीतिक नेतृत्वले पुलपुल्याएपछि उनीहरुको हैसियत अहिले बढेको मात्र छैन, उनीहरुमा शक्तिको भोकसमेत जाग्न थालेको देखिन्छ ।

दलाल पुँजीका बिचौलिया र राजनीतिका दलालका बग्रेल्ती चलखेलले बेलाबेला तरंगित हुन पुगेको नेपालको राजनीति र यसले धेरै मानिसमा बढाएको कुण्ठा र आक्रोशका अभिव्यक्ति सुन्न र हेर्न युट्युवमा हजारौँ अडियो र भिडियो छन् । त्यस्तै, देशको बजेट खर्च नभएको कारण खरबौँ रकम थन्केर बसेको छ, तैपनि सरकार देशविदेशमा ऋणका लागि हारगुहार गर्दै हरेक नेपालीको टाउकोमा ऋणको भार थोपर्ने काम गर्छ । राजनीतिक दलहरु विचारशून्य छन् । कार्यकर्ता पार्टीमा सुस्ताएका छन् । आममानिसलाई आफ्नै दैनिकी सम्हाल्न भ्याइनभ्याइ छ । यो अहिलेको कटु यथार्थ हो । यसरी हेर्दा तथाकथित आधुनिक विकासको विनाशलीलाबाट हाम्रो जीवन जोगाउन के गर्न सकिन्छ भन्ने प्रश्न निकै पेचिलो भएको छ ।

सरकार चलाउने दल र नेतृत्वले चाहने हो भने देश आत्मनिर्भर बन्न सक्छ, तर छिमेकी रिझाएर सत्ता र शक्ति प्राप्त गरिरहने लालसाले देश र जनताचाहिँ दिन प्रतिदिन मगन्ते बन्दै गइरहेका छन् । शक्ति र सत्ताको आडमा छाया अर्थतन्त्र मौलाउँदै जान थालेको छ जसले गर्दा राज्यकोष कमजोर बन्दै गएको छ । बिचौलिया र दलालले गैरकानुनी तवरले आर्जन गरेको सम्पत्तिलाइ शक्ति र सत्ताको आडमा हरेक चुनावमा वैध बनाउने गरिन्छ । यसो गरेपछि एकातिर राज्यले आम्दानी गुमाउँछ भने अर्कातिर माफिया र दलाल शक्तिकेन्द्र रिझाएर अझ उच्च मनोबलका साथ स्रोत र साधनको कब्जा गरी सर्वसाधारणको शोषण गर्न थाल्छन् अनि समाजवाद, लोकतन्त्र, गणतन्त्रसँगै जनमतको पासा नि बिचौलियातर्फ पल्टिन्छ । अनि, वितरणको असमानता बढ्छ र गरिबहरु सदैव सत्ताको खुड्किलोमात्रै बन्न पुगेका हुन्छन् ।

sriramgaire@gmail.com

Related Posts

नवलपरासेली साहित्यिक पत्रकारिता

नवलपरासेली साहित्यिक पत्रकारिता

केन्द्रमा नेकपा विभाजन, चितवनमा पूर्वएमाले विभाजन

केन्द्रमा नेकपा विभाजन, चितवनमा पूर्वएमाले विभाजन

उल्टो कर्म, उल्टै परिणाम

उल्टो कर्म, उल्टै परिणाम

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In