भरतपुर । आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएपछि निर्वाचन कार्यालयले मतदाता शिक्षालाई पनि तीव्र पारेको छ ।
यसअघि भएका चुनावभन्दा फरक शैलीबाट मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनसँगै दलहरुले पनि मतदाता शिक्षालाई बढी जोड दिएका हुन् । जिल्ला निर्वाचन कार्यालय चितवनले क्षेत्र नं ४ का ३१ मतदान केन्द्र, सात वटा गाउँ विकास समिति तथा भरतपुर नगरपालिकाका पाँच वटा वडाहरुमा कुल ४३ जनाको टोली खटाएर विद्युतीय मतदानका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताउनुभयो ।
चितवन क्षेत्र नं ४ मा १२ जना उम्मेदवार रहे पनि तीन दलले प्रचारप्रसारलाई बढी तीव्रता दिएका छन् । यो क्षेत्रमा ३० हजार ७७१ पुरूष र ३४ हजार ५२८ जना महिला गरी कुल ६५ हजार २९९ मतदाता रहेका छन् ।
Discussion about this post