ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दीपज्योति सहकारीको साधारण सभा

by गोविन्द अर्याल
२०७७ मंसिर १४, आईतवार १५:३१ गते
in अर्थ, समाचार
0
दीपज्योति सहकारीको साधारण सभा
7
SHARES
Share on FacebookShare on Twitter

चितवन । दीपकज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्था लिको १६औं वार्षिक साधारण सभा आइतबारबाट सुरू भएको छ । सहकारीको मुख्य कार्यालय र सेवा केन्द्रहरुमा मंसिर २६ गतेसम्म चरणबद्धरुपमा साधारण सभा एवं सेवा केन्द्र भेला गरी मंसिर २७ गते समापन गरिँदैछ ।

कोरोना संक्रमणका कारण उच्च सावधानी अपनाउँदै संस्थाले साधारण सभाको प्रक्रिया अघि बढाएको हो । सभाको शुभारम्भ गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक एवं दीपज्योतिका सल्लाहकार संयोजक तेजेन्द्रबहादुर खड्काले यस संस्थाले अन्य संघसंस्थासँग समेत एकीकरण गर्दै जिल्लामा नमुना सहकारीका रुपमा अघि बढेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भोला शिवाकोटीले दीपज्योतिले २०७५ मा गौरवमय साकोस र २०७६ मा अभिवृद्धि साकोससँग एकीकरण गरेको भन्दै अन्य सहकारीहरुसँग समेत एकीकरणको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

सो अवसरमा यस संस्थासँग गत वर्ष एकीकरण भएको अभिवृद्धि साकोसका संस्थापक एवं संरक्षक डा. टीकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुल्सीराम आचार्य, सचिव नारायणप्रसाद उपाध्याय, शेयर सदस्य भगवती घिमिरे, यदुनाथ भट्टराईलगायतले बोलेका थिए ।

संस्थाका कार्यकारी प्रबन्धक उमाकान्त पौडेलले हाल संस्थामा ३ हजार ४१३ जना सदस्य रहेको, शेयर रकम पाँच करोड ७० लाख, कूल बचत ४० करोड, लगानी ३५ करोड रहेको जानकारी दिए । गत वर्ष संस्थाले १ करोड ३६ लाख रुपैयाँ नाफा गरेको सहकारीले चालु आर्थिक वर्षमा १ करोड ९३ लाख नाफा गर्ने लक्ष्य राखेको छ ।

सो संस्थाको यही मंसिर २७ गते धावन पार्टी प्यालेस जागृतिचोकमा समापन गर्ने कार्यक्रम छ ।

Related Posts

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

पाँच बिघामा औद्योगिक ग्राम बन्ने

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

तीन सय केरा किसान बिमाको पहुँचबाहिर

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In