ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शान्ति तपाईंबाट टाढा छैन !

प्रेम रावत

by चितवन पोष्ट
२०७७ मंसिर १४, आईतवार ०९:३२ गते
in विचार
0
एक्लोपनबाट कसरी बच्ने !
307
SHARES
Share on FacebookShare on Twitter

आज मानिसको जीवन अनेकौँ द्विविधा र दौडधुपले भरिएको छ । संसारको अवस्था पनि अशान्तिले गर्दा यति उथलपुथल भएको छ कि ‘यस संसारमा कहिल्यै शान्ति पनि हुन्छ’ भन्ने कुरामा मानिसहरूलाई विश्वास लाग्दैन । यस कुरालाई हामी कल्पना पनि गर्न सक्दैनौँ । कहिल्यै यो संसारमा यस्तो पनि हुन सक्ला र जहाँ केवल शान्तिमय परिवेश बनोस् ? अर्थात्, कुनै लडाइँ, झगडा या त कुनै वादविवाद नहोओस् ।

यदि हेर्ने हो भने आजसम्म यो संसारमा त्यति धेरै लडाइँ भएको छैन । शान्तिको वातावरण बनोस् भनेर मानिसहरूले सदैव यही नै कोसिस गरेको देखिन्छ । मानिस खेतीपातीमा लाग्न थालेपछि कसैले हलो चलायो, कसैले पानी डो¥यायो, कसैले बिउ छ¥यो । अन्न पाकेर तयार भएपछि परिश्रम गर्न नचाहनेहरूले त्यो अन्नलाई काटेर लगे पनि । तबबाट मानिसहरूले यी सबै कुरालाई व्यवस्थित तुल्याउने अभ्यास गरे । त्यस बेलादेखि राजा बने, तबदेखि लडाइँ हुन थाल्यो ! तथापि, एकपटक खेती हुन थालेपछि मानिसहरूको जीवनमा यस्तो हुन थाल्यो– ‘यो मेरो जमिन हो ।’ उक्त अवस्थाभन्दा पहिला कसैलाई जमिनसँग कुनै मतलब थिएन ।

शान्ति र अशान्ति के हो भन्ने बारेमा त हामी सबैलाई राम्रोसँग थाहा छ तर यस कुरासँग हाम्रो जीवनको के महŒव रहन्छ । यो संसारमा समस्या धेरै छैनन्, समस्या थोरै छन् । मानिस भोकले मर्छन् । यो समस्या यसकारण सानो हो किनभने यो पृथ्वीमा यति धेरै खाना उत्पादन हुन्छ जसले सबैको भोक मेट्न सक्छ । यदि अन्न उत्पादनका लागि पृथ्वी सानो हुँदो हो त तब यो एकदमै ठूलो समस्या हुन सक्थ्यो । तथापि, यो पृथ्वी हुनु यस चीजका लागि अनिवार्य विषय हो । यहाँ यति धेरै अन्नको उत्पादन हुन्छ तर त्यो खाद्यान्न धान, गहुँ लगायतका चीजको मूल्य नियन्त्रण गर्नका लागि फ्याँकिन्छ अनि भोकमरीको समस्या बनिरहन्छ ।

यो धन–सम्पत्ति, पैसा यी सबै कुरा मानिसले बनाएका हुन् । प्रकृतिले सुन बनायो अनि मानिसले त्यसको मूल्य निर्धारण गरिदियो । मानिसले मूल्य तोकेपछि त्यसले मानिसलाई नै पिरोल्न थाल्यो अनि ‘ऊसँग यति धेरै किन छ ? मसँग त्यति किन छैन !’ यी सबै कुरा मानिसले नै बनाएका हुन् । अनि मानिसले यी कुरालाई झेल्दै आइरहेको छ । यिनै चीजका कारण दुःखी हुन्छ । आफ्नो भविष्यलाई धिकार्छ– ‘मलाई किन यस्तो भइरहेको छ ? म किन धनी हुन सकिन ? ऊ किन धनी भयो ? म किन गरिब भएँ !’ यी कुरा त भइरहन्छन् ।

तथापि, यथार्थ कुरा के हो भने शान्ति हामी सबैभित्र छ । शान्ति कुनै बाहिर पाइने वस्तु होइन । त्यो हामीभित्र छ । मानिसले त्यो शान्तिलाई अनुभव गर्न थालेपछि उसले यो कुरा बुझ्न थाल्छ– ‘यो मेरो प्रकृति हो । म यो हुँ ।’ परिणामतः सबै कुरा बदलिन थाल्छ ।
एउटा समय थियो ऐना थिएन । यसकारण मानिसहरूले आफूले आफूलाई राम्रोसँग हेर्न पाउँदैनथे जसरी आज हेरिरहेका हुन्छन् ।

मानिसहरू पानीमा आफ्नो छायालाई हेर्ने गर्दथे । पानीमा देखिने छाया त यताउता हल्लिरहन्थ्यो । त्यसैले मानिसले स्वयम्लाई राम्रोसँग नियाल्न सक्दैनथे । अर्थात्, मानिसले आफ्नो अनुहारलाई राम्ररी हेर्न सक्दैनथे । राम्ररी चिन्न सक्दैनथे । अनि जब ऐनाको विकास भयो तबदेखि हरेक मानिसले आफ्नो अनुहारलाई देख्न पाइरहेका छन् । मानिसहरूले आफ्नो फोटो देखेर ‘यो मेरो फोटो हो’ भन्न पाएका छन् किनभने अहिले उनीहरूलाई आफ्नो अनुहार कस्तो छ भन्ने कुरा थाहा छ ।

ठीक यस्तै प्रकारले जब मानिसले आफ्नो प्रकृतिलाई बुझ्न थाल्छ तब उसलाई थाहा हुन्छ– शान्ति मभन्दा टाढा छैन । म शान्तिबाट टाढा छैन । लडाइँ बाहिरबाट हुने होइन । त्यो मानिसको भित्रबाट आउँछ अनि शान्ति पनि मानिसभित्रबाटै आउँछ । शान्ति पनि मानिसभित्रै हुने कुरा हो । जब दुवै कुरालाई उसले पहिचान गर्न थाल्छ तब उसले राम्रो र खराब के हो भन्ने कुरालाई बुझ्न थाल्छ ।

आफूले आफूलाई चिन्नुहोस् ! आफूले आफूलाई पहिचान गर्नुहोस् । जबसम्म आफूले आफूलाई चिन्न सकिँदैन, पहिचान गर्न सकिँदैन तबसम्म शान्ति हामीबाट टाढा छैन भन्ने कुरालाई बुझ्न सकिँदैन । शान्ति त भित्रको कुरा हो । यसर्थ यो संसारलाई बदल्नु आवश्यक छैन । यदि तपाईंसँग एउटा टर्च छ र त्यसमा एउटा बल्ब छ । बल्ब जल्यो भने एउटा नयाँ बल्ब राखिदिनुहोस् अनि त्यो बल्न थाल्नेछ । यो कुरा मानिसमा पनि लागू हुन्छ । मानिसले पनि आफूले आफूलाई चिन्यो आफूले आफूलाई बुझ्यो भने यी सबै कुरालाई बदल्नुपर्ने आवश्यकता नै पर्दैन । किनकि, चीजलाई अलिकति बदल्नु, अलिकति सहज तुल्याउनु यो कुरा त मानिसको दिमागको आविष्कार हो । यद्यपि यसमा न त कुनै खराबी छ न कुनै राम्रोपना छ । वास्तवमा शान्तिको स्रोत मानिस हो, ती चीजहरू होइनन् । यसको अर्थ के हो भने खाना पकाउन नजान्नेलाई तपाईंले राम्रा–राम्रा सरसामान जुटाइदिए पनि खाना स्वादिष्ट बन्नेछ भन्ने हुँदैन । ठीक विपरीत जसलाई आउँछ उसलाई अलिअलि कमसल चीज प्राप्त भए पनि उसले त त्यसैबाट पनि राम्रो पकाउन सक्छ । यसर्थ यही नै अन्तर हुन्छ ।

शान्तिको सम्बन्ध केवल एउटा चीजसँग हुन्छ र त्यो हो– मानिस । शान्ति उसैभित्र छ र सदैव रहेको छ । केवल त्यसलाई अनुभव गर्नु आवश्यक छ । यदि मानिसले आफ्नो ध्यानलाई थोरै भए पनि त्यतातिर मोड्ने हो भने उसले आफ्नो जीवनमा धेरै कुरालाई बदल्न सक्छ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

 

 

Related Posts

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

युट्युब मिडिया र यसले समाजमा फैलाइरहेको विकृति

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

Discussion about this post

अन‌ि यो पनि

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
विश्व

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा...

Read more
कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In