कालिका । कालिका नगरपालिकामा मदन भण्डारी फाउन्डेसन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । शनिबार कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउन्डेसन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो ।
मदन भण्डारी फाउन्डेसन नगर कमिटीको अध्यक्षमा केशव लामा रहेका छन् । समितिका उपाध्यक्षहरुमा लक्ष्मण पौडेल, भोजराज थपलिया र ज्योति सुनार रहेका छन् भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ भट्टराई चयन भएका छन् ।
यस्तै, मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटीको अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नवीन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज गुरूङ ‘कामना’, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिंखडा रहेका छन् ।
दुवै समितिद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सम्बोधन गरे । सो अवसरमा उनले केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा हिँडेको बताए । मदन भण्डारी फाउन्डेसन विद्यालय भएको बताउँदै उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको बाटो जबजबाहेक अरु छैन ।’
कार्यक्रममा प्रदेश सांसद्् विजय सुवेदी, फाउन्डेसन जिल्ला वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट, फाउन्डेसन १ नम्बर क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउन्डेसनका जिल्ला सदस्य तथा कालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजाल, मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरूङलगायतले बोलेका थिए ।
नगर अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत गरेका थिए भने सचिव सिपी अधिकारीले सञ्चालन गरेका थिए । सो अवसरमा नवगठित दुवै समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सचिव श्याम विष्टले शपथग्रहण गराएका थिए ।
Discussion about this post