भरतपुर । टोल सुधार समिति, स्याउलीबजारको २०औँ वार्षिक साधारण सभा एवं १३औँ अधिवेशनले मधुसूदन ढकालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमिति उपाध्यक्षमा सीता अधिकारी, सचिव रामबाबु श्रेष्ठ, कोषाध्यक्ष बालकृष्ण कँडेल, सहसचिव भवानीदेवी अधिकारी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा मञ्जु रेग्मी, भीमलाल पाठक, विजय अधिकारी, शिरोमणि पराजुली, नरनाथ बराल, शशिधर सुवेदी, बद्री पौडेल, देवीप्रसाद कँडेल रहेका छन् ।
टोलका अध्यक्ष गौरीश्वर सापकोटाको अध्यक्षता एवं भरतपुर महानगर १० का अध्यक्ष एवं महानगर प्रवक्ता अरुणपीडित भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोलका सदस्य भवानीदेवी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
टोलभित्र हरियाली प्रवद्र्धन र सरसफाइसम्बन्धी उत्कृष्ट युटर्न मार्गका टोल सदस्य कमला शर्मालाई प्रशसा–पत्र प्रदान गरिएको थियो । यस्तै, कौशी खेती, करेसा बारी तथा महिला नेतृत्व क्षमताको लागि नेतृत्व भूमिका निभाउने पूर्वअध्यक्ष शारदा शर्मा पौडेल तथा तुलसी ज्ञवालीलाई सम्मान गरिएको थियो ।
टोलका सचिव रामबाबु श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मधुसूदन ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा सल्लाहकार इन्दु कोइराला र पूर्वअध्यक्ष हरिकृष्ण शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post