प्रायः आफ्नै पेसामा व्यस्त रहने डाक्टरी मान्छेले पुस्तक लेख्ने कुरा यसै पनि नौलो ! त्यसमाथि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तकको नाम झनै नौलो । जब यो पुस्तकका बारेमा चर्चा–परिचर्चा सुनेँ, स्पाइनल कर्ड इन्जुरीका कारण पिँजराको सुगा बनेको म स्वयम्मा सम्बन्धित विषय विज्ञ डाक्टरद्वारा लिखित पुस्तक पढ्ने र साहित्यानुरागीको हैसियतले केही लेख्ने कौतुहलता आफूभित्र जाग्नु स्वाभाविक थियो । पुस्तक प्राप्त भएपछि दोहो¥याई दोहो¥याई पढेँ । अनि साहित्य समालोचनाको फ्रेमभित्र रहेर पुस्तकको मूल्याङ्कन गर्ने जमर्को कसेँ । सुरूमा कताकता ‘खुकुरी र दाप’ नमिलेजस्तो असजिलो महसुस पनि भयो । कारण यो हुन सक्छ, विषय विज्ञको प्राविधिक दस्तावेजलाई यो पिँजराको सुगाले मापन गर्नु सजिलो थिएन । पुस्तक निबन्ध हो या आख्यान ? मनभित्र सिर्जित द्विविधालाई यो पुस्तक निबन्धात्मक ढाँचाको चिकित्सा विज्ञानको व्याख्यानको रुपमा निक्र्यौल गरेँ । अनि त्यसैको आधारमा साहित्य सिद्धान्तको सीमामा रहेर पुस्तकको सारगर्भित अवलोकनको प्रयास गरेको छु ।
कुनै पनि पुस्तकाकार कृतिको सारभूत, भाव–विचारको सूचक नै नाम या शीर्षक हो । हाल भरतपुर अस्पताल, चितवनमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत मेरूदण्ड, नसा तथा हाडजोर्नी विशेषज्ञ प्रा.डा. कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ सांग्रिला पुस्तक प्रालिको प्रकाशकत्वमा हालै प्रकाशित भई बजारमा आएको हो । पुस्तकको नाम सुन्दा थोरै नौलो लागे पनि ‘कम्मरी’ गाउँले जनजिब्रोबाट निस्कने झर्रा नेपाली शब्द र वर्तमान विश्वजगत्मा आतङ्क फैलाइरहेको महामारी रोग कोभिड–१९ सम्मको सन्दर्भलाई समेत नाम तथा शीर्षकले समेटेको छ । जनस्वास्थ्य सरोकारको विषय व्यापकता र लेखकको गहन विचारको तादत्म्यतालाई मूलभावसँग तुलनात्मकरुपले हेर्दा पुस्तकको नाम÷शीर्षक पूर्णरुपमा सार्थक देखिन्छ ।
संरचना कुनै पनि कृतिको दोस्रो आकर्षणको पक्ष हो । आवरणको अग्रभागमा गाढा नीलो रङमा मेरूदण्ड छर्लङ्ग देखिने मानवचित्र र पछाडि भागमा लेखकको तस्वीरसहितको संक्षिप्त परिचय रहेको यस पुस्तकमा हाडजोर्नी, नसा तथा मांसपेशी, विभिन्न स्वास्थ्य समस्या र उपचार विधिसम्बन्धी २२ वटा र जनस्वास्थ्यसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने अन्य विविध शीर्षकका ९ वटा गरी जम्मा ३१ वटा ज्यादै मह¤वपूर्ण रचनाहरु समाविष्ट छन् । यो पुस्तक झट्ट हेर्दा सुन्दर र पढ्दा सबैका लागि जीवनोपयोगी विषयवस्तुले सुसज्जित छ ।
कुनै पनि कृतिको तेस्रो मह¤वपूर्ण पक्ष भनेको पुस्तकमा केकस्ता विषयवस्तुहरुलाई समावेश गरिएको छ भन्ने नै हो । लेखकले आफ्ना रचनाहरुमा प्रतिपादन गरेको विचार वा कथनले पाठकवर्गलाई केकति प्रभावित पार्छ वा कस्तो ज्ञान, सन्देश दिन्छ भन्ने कुराले कुनै पनि कृतिको मह¤व पक्षलाई मापन गरेको हुन्छ । यस अर्थमा ‘कम्मरीदेखि कोभिड कहर’लाई दाँज्दा एकातर्फ यसका अवयवहरुमा जनस्वास्थ्य सरोकारको प्राविधिक ज्ञानभण्डार अन्तरनिहीत छ भने अर्कोतर्फ अमूल्य धनको रुपमा मानिने मानवजीवनलाई स्वस्थ राख्न र कुनै रोग लागेमा कहाँ जाने वा नजाने, कसरी उपचार गर्ने भन्ने चिकित्सा विज्ञानको ज्ञान, अनुभव र रायसुझावलाई अति सुन्दर, सरल, कलात्मक तरिकाले पाठकसमक्ष पस्कने कार्यमा विषयवस्तुको आधारशिला हेर्दा प्राडा पौडेल सफल देखिनुहुन्छ ।
के छ त पुस्तकको अवयवहरुमा ? किन पढ्ने यो पुस्तक ?
यो पुस्तक घरमा श्री स्वस्थानी व्रतकथा, भागवतगीता, चिना, नागरिकताझैँ संग्रहणीय छ । किनभने आफू, परिवार, इष्टमित्र या छरछिमेक जोकोहीलाई स्वास्थ्य समस्या पर्दा कतिपय रोगहरुको पुस्तक पल्टाएर घरमै सामान्य उपचार गर्न सकिने र विशेषज्ञ डाक्टरको आवश्यकता परे पनि पुस्तकले सेतुबन्धको काम गरिदिनेछ । यसका साथै यो पुस्तक पढेपछि जोकोही व्यक्तिले मुलुकमा विद्यमान स्वास्थ्य अवस्थाबारे बुझ्न र निम्न कुराहरु गर्न सक्षम हुनेछन् ः
— मानव शरीरको बनोट र यसका विभिन्न अङ्गहरुको फरक–फरक काम र मह¤वबारे बुझ्न ।
— हाडजोर्नी र मांसपेशीका विभिन्न रोग तथा उमेरजन्य समस्याहरुको पूर्व ज्ञान पाउन र समयमै सही उपचार विधि अवलम्बन गर्न ।
— केकस्ता स्वास्थ्य समस्या पर्दा कहाँ जाने, के गर्ने भनी सही उपचार विधिहरुको निरुपण गर्न ।
— दुर्घटना वा चोटपटक लाग्दा अपनाउनुपर्ने सावधानी र उपचार पद्धतिको पूर्वज्ञान हासिल गर्न ।
— स्पाइनल कर्ड इन्जुरी, क्यान्सरजस्ता रोगहरुले उत्पन्न हुने पारिवारिक मनोसामाजिक पीडा, आर्थिक पीडा, भ्रम र भय हटाई आत्मबल बढाउन ।
— देशको समग्र स्वास्थ्य अवस्था, निजी तथा सरकारी मेडिकल शिक्षाभित्रका विकृतिहरु बुझ्न र सुधारका उपाय थाहा पाउन ।
— डाक्टरहरुप्रतिको सरकारी उदासीनता र जनसाधारणको असहिष्णुता र डाक्टरहरुको बौद्धिक पलायनताका कारण बुझी विकृतिहरुमा सुधार ल्याउन ।
— सडकहरुको दुरवस्था, सवारी दुर्घटनाका कारणहरु बुझ्न र एक्सरे, एमआरआई, सिटी स्क्यान आदि उपकरणहरुको सही र गलत प्रयोगबारे थाहा पाउन ।
— विभिन्न समयका विश्व महामारी रोगहरुको तथ्यपरक ऐतिहासिक दृष्टान्तहरुबारे जानकारी पाउन र हाल फैलिरहेको महामारी कोभिड–१९ ले मानवजीवनमा पार्न सक्ने आर्थिक तथा सामाजिक असरबारे सजगता अपनाउन ।
भाषाशैली पनि कृति मूल्याङ्कनको अर्को आधारस्तम्भ हो । ‘डाक्टरी भाषा’ भनेर व्यङ्ग्यार्थमा टुक्का हान्ने चलन नेपालमा छ । तापनि, कृतिकार ‘डा. किसुन’ साहित्य लेखनमा लगनशील स्रष्टा भएको कारण पुस्तक प्रयुक्त भाषाशैली अत्यन्त सरल, स्पष्ट र बोधगम्य छ । समाविष्ट प्रायः विषयवस्तु नितान्त प्राविधिक भए पनि अंग्रेजी आगन्तुक शब्दको न्यून प्रयोग, कथ्यहरुको सचित्र वर्णन, संक्षिप्त, सरल वाक्य रचना, झर्रा शब्दको चयन, वर्णनात्मक, विवरणात्मक मिठासपूर्ण शैलीले पुस्तकलाई रोचक, पठनीय, मननीय तुल्याएको छ । छिटपुट भेटिने वर्णविन्यासका व्याकरणीय त्रुटिहरुलाई आगामी संस्करणमा सच्याउन सके पुस्तकको भाषाशैली अझ अब्बल दर्जाको हुन सक्ने निःसन्देह छ । पुस्तकका लेखक डा. पौडेल विषय विज्ञ र साहित्यानुरागी पनि भएको कारण आफूभित्र अन्तरनिहित ज्ञान र विज्ञतालाई साहित्यमा रुपान्तरण गरी पुस्तकका माध्यमले जनसाधारणको स्वास्थ्योपचारमा सहयोग पु¥याउने पवित्र मनसायले यो पुस्तकको जन्म भएको हुन सक्छ । पुस्तकमा समाविष्ट रचनाहरुको गहन अध्ययन गर्दा उहाँले आफ्नो लेखनीमा यथार्थवादी दृष्टिकोणलाई बढीभन्दा बढी अँगालो मारेको पाइन्छ ।
निष्कर्षमा भन्नुपर्दा कुनै पनि कृतिको समीक्षा लेखन साहित्यिक एक्सरे हो र सही रिपोर्ट गर्नु समीक्षकको साहित्यिक धर्म हो । कुनै पनि कुरा आफैँमा पूर्ण वा सम्पूर्ण हुँदैन । यस पुस्तकमा लेखकले स्पाइनल कर्ड इन्जुरीका बिरामीहरुका लागि निमोनिया, थिचाइबाट हुने घाउ, पिसाब सङ्क्रमणलाई केही खतराको संकेत गर्नुभएको छ । यसको सावधानी र उपचारबारे पनि थप उल्लेख गरिदिएको भए अझ राम्रो हुने थियो कि ? यो एउटा उदाहरणजस्तै केही शीर्षकहरुमा थप सुधारका गुञ्जायसहरु छन् नै । साथै, पुस्तकमा समाविष्ट रोग र उपचारबाहेकका ९ भिन्न विषयवस्तुलाई कुनै अर्को विधामा समावेश गराई यस विधामा छुटेका जस्तो मधुमेह, दम, घाउ÷खटिरा, प्रसूति आदिजस्ता विषयवस्तुहरुलाई नै समेटेर यो किताबलाई चिकित्सा विज्ञानकै सिङ्गो दस्तावेज बनाउन सकेको भए यसले डाक्टर डेविड वर्नरको ‘डाक्टर नभएमा’ पुस्तकको दाँजो मार्ने थियो कि ? सम्भावना भए आगामी संस्करणको लागि सुझाव राख्न चाहन्छु ।
अन्तमा, ‘कम्मरीदेखि कोभिड कहर’का लेखक एक सफल चिकित्सकमात्रै नभएर एक निर्भीक समाजसेवी, मेहनती साहित्यकार पनि हुनुहुन्छ । नेपाली साहित्यको गद्यकविता विधामा यसअगावै उहाँको पहिलो कृति ‘खुसीहरुको वनवास’ (कवितासङ्ग्रह–२०७४) प्रकाशित भइसकेको र मैले उक्त पुस्तकको पनि समीक्षा लेखनको अवसर पाएको क्षणको स्मरण गर्दै यसपाला दोस्रो कृतिको पनि लेख्ने सौभाग्य जुराइदिनुभएकोमा ‘डा. किसुन’लाई हार्दिक धन्यवाद । डा. किसुनको बहुआयामिक प्रतिभा र साहित्यानुरागको बादलले आकास ढाकेर घनीभूत वर्षामा परिणत भई नेपाली साहित्यको श्रीवृद्धि गर्दै र विद्यमान सामाजिक विकृति÷विसङ्गतिलाई राम्ररी पखाल्न सकोस् । छिट्टै तेस्रो कृतिको प्रतीक्षा गर्दै द्रुततर लेखनीमा लेखकको मनोभाव उच्च र कलम सशक्त बनोस् भन्ने शुभकामना तथा शुभेच्छाका साथ यो सारगर्भित समीक्षा अन्त्य गर्दछु ।
Discussion about this post