खुसी छु आज
तिम्रो स्नेहको भाव पाएर
रमेको छ मन
सुखद अनुभूति भएको छ
तिम्रो माया देखेर
लुकेका ती भावनाहरु
छताछुल्ल पारेर
तिमी आयौ
मेरो हृदयमा बस्ने गरेर
लुकाइराख्छु मनभित्र
तिम्रो माया छोपेर
धेरै दिनपछि
खुलेको छ मेरो नजर
तिमीलाई देखेर
झुमेको छ मेरो नजर
सायद अब
कहिले बन्द हुने छैन
तिम्रो प्राप्तिमा
रूझेको मेरो नजर
हर्षले विभोर भएको छ
बाँधी राख्छु तिमीलाई
मायाको बन्धनमा
छोपी राख्छु तिमीलाई
मायाको आलिङ्गनमा
सजाएर राख्छु सधैँ
मायाको मन्दिरमा
मायामा भोगिएका
ती तीता पलहरु
अनि,
अतीतलाई बिर्सेर
खुसी छु आज म धेरै
तिम्रो आगमनमा ।
sbigyans1@gmail.com
Discussion about this post