भरतपुर । काठमाडौंबाट धरान जाँदै गरेको ना २ ख ४२८२ नम्बरको बस भनपा–१ रामनगरमा सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ४७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक उदयपुरका सुरज थापामगर र यात्रु सुनसरीका शम्भुनारायण चौधरी रहेका छन् । दुर्घटनामा ४७ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरस्थित नयाँ र पुरानो मेडिकल कलेज तथा भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post