ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कोरोनाले सौराहाका दक्ष जनशक्ति पलायन

by चितवन पोष्ट
२०७७ मंसिर १३, शनिबार १०:१२ गते
in प्रमुख समाचार, समाचार
0
17
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । कोरोना महामारीका कारण सौराहाको पर्यटन तहसनहस भएको छ । व्यवसायीहरुको लगानी सङ्कटमा परेको छ । करिब ९ महिना सुनसान भएको सौराहामा कोरोनाको असर उत्तिकै छ । कोरोनाको असरमा व्यवसायीहरुले अधिकांश कर्मचारीले बिदा दिए । लामो समयसम्म सौराहा सुचारू नभएका कारण यहाँ कार्यरत कर्मचारीहरु पलायन भएका छन् ।
अहिले सौराहामा आन्तरिक पर्यटकको चहलपहल सुरू भएको छ, तर काम गर्ने कामदार छैनन् । होटलमा पर्यटक आइहाले भने पनि बिदामा रहेका कर्मचारी बोलाउनुपर्ने अवस्था रहेको छ । होटल सञ्चालकले पर्यटक आए भने केही दिनका लागिमात्रै भनेर कामदार बोलाउनुपर्ने अवस्था छ । ‘पर्यटकहरु कहिलेकाहीँ आउँछन्’, युनिक वाइल्ड रिसोर्टका सञ्चालक गुणराज थपलियाले भने, ‘मासिक तलब दिएर राखौँ भने पर्यटक आउने÷नआउने निश्चित छैन, त्यही भएर एक÷दुई दिनका लागि कामदार बोलाउने गरेका छौँ ।’ सौराहाका अधिकांश होटलहरुको अवस्था उस्तै छ । कोरोना महामारीका कारण गुणस्तरीय सेवा प्रदान गर्ने दक्ष जनशक्ति पलायन भएको क्षेत्रीय होटल संघ चितवनका महासचिवसमेत रहेका थपलियाले बताए ।
सौराहाको पर्यटन सामान्यतर्फ उन्मुख हुँदैछ, तर दक्ष जनशक्ति छैनन् । यसैलाई मध्यनजर गरी सौराहामा रोजगार उन्मुख सीपमूलक तालिम शुक्रबार उद्घाटन गरिएको छ । ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रालि, काठमाडौँले सञ्चालन गरेको दिगो रोजगारीका लागि पर्यटन क्षेत्रका तालिम परियोजनाले आयोजना गरेको सो तालिमको रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अवसरमा उनले दक्ष जनशक्तिको अभावका कारण पर्यटन क्षेत्रको सेवा गुणस्तरीय हुन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रको मह¤व बढाउन पनि दक्ष जनशक्ति र स्तरीय सेवा आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा दक्ष जनशक्ति पलायन भएको भन्दै परियोजनाले सञ्चालन गर्ने तालिमले आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिका वडा नं–७ का वडाध्यक्ष राजन भट्टले तालिम लिएपछि प्रमाणपत्र सिरानीमा राखेर सुत्ने प्रवृत्तिका कारण सीपमूलक तालिममा गरिएको लगानी खेर गइरहेको बताए ।
रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले परियोजनाबाट सञ्चालन भएको तालिमले उत्पादन गरेको जनशक्तिलाई सौराहामा रोजगारी दिने प्रतिबद्धता जनाए । सिटिइभिटीका निर्देशक तथा काठमाडौँ युनिभर्सिटीका प्रोफेसर डा. कुश्माकर भट्टले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
शुक्रबार उद्घाटन भएको तालिमको पहिलो चरणमा ४० जना र दोस्रो चरणमा ४० जनाको सहभागिता रहने परियोजनाका टिम लिडर करूणानिधि ज्ञवालीले जानकारी दिए । ६ महिने तालिममा होटल तथा पर्यटनसम्बन्धी कुक, वेटर, हाउसकिपिङ र फ्रन्ट अफिसको तालिम दिइने छ । निःशुल्करुपमा दिइने सो तालिममा सहभागीका लागि आवेदन खुल्ला गरिएको छ ।
तालिमको औपचारिक काम एक महिनापछि सुरू हुनेछ । परियोजना समन्वय समितिका संयोजक गुणराज थपलियाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । युरोपियन युनियनको आर्थिक लगानी, ब्रिटिस काउन्सिलको व्यवस्थापन तथा दक्षता परियोजनाको सहयोगमा तालिम आयोजना गरिएको हो ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

चितवनमा नयाँ कोरोनाको जोखिम बढी : मास्क नलगाउने संख्या बढ्दै

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

निर्वाचनलक्षित छलफलमा नेकपाको दुवै पक्ष अनुपस्थित

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In