भरतपुर । गर्मी बढेसँगै चितवनमा कुखुरासमेत मर्न थालेका छन् । केही दिनअघि यहाँ भएको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौँ कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । दैनिक परीक्षणका लागि मात्रै २०÷२५ वटा कुखुरा ल्याबमा आउने गरेको कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । परीक्षणका लागि ल्याउने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ । रासस
Discussion about this post