भरतपुर । नेकपा एमाले चितवनले क्षेत्र चारका उम्मेदवार पार्वती रावललाई जिताउन नेकपा एमाले चितवनले प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ । नेकपा एमालेले गीतानगर, फूलबारी, शारदानगर र गुञ्जनगरमा घरदैलो कार्यक्रम गर्नुका साथै चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ । गीतानगर बजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमालेका राष्ट्रिय प्रतिनिधिपरिषद् सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा उम्मेदवार रावलले यस पटकको निर्वाचनमा जनताले आफूलाई मतदान गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । त्यसैगरी शारदानगर हेल्थपोष्ट चोकमा चुनाव प्रचारप्रसार समिति कार्यालयको उद्घाटन
गरिएको छ ।
त्यसैगरी गुञ्जनगरमा पनि निर्वाचन प्रचारप्रसार समितिको कार्यालयको स्थापना गरिएको छ । नेकपा एमाले गुञ्जनगरका अध्यक्ष गुञ्जमान विकको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सीता पौडेल नेकपा एमालेका अध्यक्ष जगन्नाथ थपलिया जिल्ला सदस्य विष्णुहरि तिवारी, खोमकान्त रेग्मीलगायतले बोल्नुभएको थियो । यसैगरी नेकपा एमाले भरतपुर नगरपालिका वडा नम्बर ४ ले चितवन क्षेत्र नं. चारमा हुने उपनिर्वाचनमा एमाले उम्मेद्वार रावललाई विजयी गराउन ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
Discussion about this post