ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बढ्दो मानव तस्करी रोक

by चितवन पोष्ट
२०७७ मंसिर १२, शुक्रबार ०८:४० गते
in सम्पादकीय
0
Chitwan Post
9
SHARES
Share on FacebookShare on Twitter

सरकारले गत वर्ष नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दै प्रत्येक श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्राप्त गर्ने जनाएको थियो । यस कार्यक्रमबाट निजी क्षेत्रमा काम गर्ने साढे पाँच लाख श्रमिकले पनि न्यूनतम सेवासुविधासहित निवृत्तिभरण प्राप्त गर्ने विश्वास गरिएको थियो । सामाजिक सुरक्षा कार्यक्रम सुन्दा जति आकर्षक छ, आर्थिक एवं सामाजिकरुपमा जोखिममा परेका नागरिकको सुरक्षा सुनिश्चितता भने त्यति नै निराशाजनक छ । कानुनी तथा नैतिकरुपमा सरकारको अभिभावकत्व रहने भनिएको सो कार्यक्रम कार्यान्वयन हुन सकेकोे भए योग्यता र क्षमता भएका नागरिक वैदेशिक रोजगारीका लागि भौँतारिनुपर्ने थिएन । तर, सो कार्यक्रमले वैदेशिक रोजगारको लहर घटाउन मद्दत पुगेन । बरू, नेपालमा आफ्नो भविष्य सुनिश्चित नदेखेर रोजगारीका लागि विभिन्न खाडी राष्ट्र पुग्ने नेपालीको संख्या भने बढिरह्यो । पछिल्लो समय कोरोना महाव्याधिको कारण वैदेशिक रोजगारीमा जान चाहने नागरिकमात्र होइन, कामको सिलसिलामा विभिन्न मुलुकमा रहेका एक लाख बढी नेपाली स्वदेश फर्किनुप¥यो । नेपालमा कोरोना महाव्याधिका कारण ३५ लाख नेपाली बेरोजगार बनेको तथ्याङ्क सार्वजनिक भएको छ । यस विषम परिस्थितिमा पनि नेपाली कामदारलाई आकर्षक रोजगारीको नाममा खाडी राष्ट्र पु¥याएर घरेलु कामदारका रुपमा बिक्री गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक भइरहेको छ । नेपालमा मानव तस्करीको अवस्था भयावह देखिए पनि मानव तस्करहरुलाई सरकारले कारबाही गर्न सकेको पाइँदैन ।
विभिन्न खाडी राष्ट्रमा घरेलु कामदारका रुपमा बिक्री गर्ने १२१ भन्दा बढी तस्कर नेपालमा सक्रिय रहेको तथ्य खुलेको थियो । त्यसपछि मानव तस्करहरुको सञ्जाल व्यापक रहेको प्रमाणित हुँदै आएको छ । युएईस्थित नेपाली दूतावासले पनि भिजिट भिसा वा कामदार भिसामा नेपाली कामदारलाई अलपत्र पारी ठगी गर्ने ५१ जना मानव तस्करको नाम सार्वजनिक गरेपछि उनीहरुको सञ्जाल नेपालदेखि खाडी राष्ट्रसम्म रहेको खुलेको थियो । मोटो रकम बुझाएर विभिन्न प्रलोभनमा युएई पु¥याउने र भिजिट भिसा सकिनुअगावै दलाल फरार हुने, काम नखोजी अलपत्र पार्ने, क्लिनिङ वा भिजिट भिसामा महिला ल्याएर घरेलु कामदारका रुपमा काममा लगाउने गर्दा नेपाली कामदार समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ । खाडी राष्ट्रस्थित नेपाली दूतावासले पीडितसँगको बयानका आधारमा १२१ जना नेपाली तस्करको नामावली कारबाहीका लागि परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयमा पठाएको थियो । तर, ती तस्करमाथि कानुनी कारबाही भएको विवरण सार्वजनिक भएको छैन । मानव तस्करहरुले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय विमानस्थलमार्फत खाडी राष्ट्रमा पु¥याएर मानव बेचबिखन गर्ने गरेको पाइएको छ ।
नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पु¥याई घरेलु कामदारका रुपमा बेच्ने तस्करहरुको नाम पहिचान भइसके पनि उनीहरुलाई कारबाही गर्न सरकारले सक्रियता नदेखाउनु विडम्बनाको विषय हो । विभिन्न प्रलोभन देखाएर खाडी राष्ट्र पु¥याइएका नेपाली महिला कामदारहरुले नारकीय जीवन बिताउन बाध्य भएको, यौन हिंसामा परेको, चरम यातना सहनु परेको र अमानवीय व्यवहार भोग्नु परेको पीडा दूतावासमा पोख्दै आएका छन् । यातना सहन नसकेपछि लुकीछिपी भागेर दूतावास आउने महिलाको संख्या बढ्दै गएको छ । सयौँ नेपाली महिला कामदारका रुपमा खाडी मुलुकहरुमा नारकीय जीवन बिताइरहे पनि सरकारले बढ्दो तस्करी नियन्त्रण गर्न सक्रियता देखाएको पाइएको छैन । मानव तस्कर तथा एजेन्टले खाडी राष्ट्र कुवेत, साउदी अरब, युएई, ओमानलगायतका मुलुकमा नेपाली महिलाको तस्करी गर्दै आएको पाइएको छ । कतिपय नेपाली महिलालाई तस्करले पटकपटक गरी तीनवटा देशमा बेचिएका दृष्टान्तले पनि मानव बेचबिखनको स्थिति भयावह देखिएको छ । बढ्दो मानव तस्करी नियन्त्रण गर्न सरकारले नेपाली युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्छ । त्यसका लागि विभिन्न देशमा रहेका तस्करको गिरोह पहिचान गरी कारबाही गर्नु जरूरी देखिन्छ ।

 

Related Posts

Chitwan Post

बढ्दो बलात्कारका घटना

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Discussion about this post

अन‌ि यो पनि

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
विश्व

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा...

Read more
कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In