भरतपुर । भरतपुर कारागारबाट एक जना कैदी भागेका छन् ।
जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका निवासी ४५ वर्षका रेशमलाल श्रेष्ठ कारागारको पर्खाल नाघेर भागेको जिल्ला कारागार भरतपुरका प्रमुख कमल काफ्ले बताए ।
बिहीबार साँझ ५ बजेतिर भागेका उनको खोजी कार्य भइरहेको प्रमुख काफ्लेले जनाएका छन् ।
Discussion about this post