ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

१० महिनामा १६ जना एचआइभी संक्रमितकाे मृत्यु, एकजनामा काेराेना पनि

तुलमान गुुरूङ

by गोविन्द अर्याल
२०७७ मंसिर ११, बिहीबार १५:४० गते
in प्रमुख समाचार
0
१० महिनामा १६ जना एचआइभी संक्रमितकाे मृत्यु, एकजनामा काेराेना पनि
15
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा पछिल्लो १० महिनामा १६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा १० जना पुरूष र छ जना महिला रहेको भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)ले जनाएको छ। एचआइभी संक्रमित हुँदाहुँदै मदिरापान, कलेजो, क्यान्सर, रक्तअल्पता, क्षयरोग आदि समस्याका कारण उनीहरूको मृत्यु भएको एचारटी सेन्टरले जनाएको छ। १० महिनामा मृत्यु भएका १६ जनामध्ये एकजना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको एआरटी सेन्टरका सम्पर्क व्यक्ति डा युवानिधि बसौलाले जानकारी दिए।

‘एआरटी सेन्टरमा कार्यरत दुईजना कर्मचारीसहित पाँचजना कोरोना पुष्टि भएको थियो,’ उनले भने, ‘तीमध्ये चारजना एचआइभी संक्रमित हुन्। दुवै रोगको संक्रमण पुष्टि भएकामध्ये एकजनाको उपचारकै क्रममा मृत्यु भयो।’ यो समयमा कोरोना भाइरसको संक्रमणबाट जोगिन सके एचआइभी संक्रमितले लामो समयसम्म जीवन पाउने उनको भनाइ छ। गएको १० महिनामा अस्पतालको उपचार केन्द्र र समुदायस्तरमा पुगेर छ हजार ७०६ जनामा एचआइभी परीक्षण गर्दा ६७ जनामा एचआइभी पत्ता लागेको उनले बताए। उनका अनुसार एचआइभी संक्रमितलाई क्षयरोगको जोखिम पनि उच्च हुने गर्दछ। यो दस महिनामा एचआइभी पत्ता लागेका ६७ जनामध्ये ११ जनामा क्षयरोग पनि देखा परेको छ।

चितवनमा २०२० को हालसम्ममा अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका बिरामीको संख्या ४० पुगेको छ। त्यसमा २१ जना पुरूष, १६ जना महिला र तीन जना बालबालिका छन्। सोही अवधिमा औषधि सुरू गरेका नयाँ बिरामीको संख्या भने ११६ जना छन्। त्यसमा ६४ पुरूष, ४७ महिला र पाँच जना बालबालिका छन्। एआरटी सेन्टर स्थापना भएदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने भरतपुर अस्पतालको एआरटी सेन्टरबाट उपचारका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ९३ पुगेको छ। त्यसमा ९८९ पुरूष, ७६० महिला र १४५ जना बालबालिका छन्। यो तथ्यांक सन् २००७ देखि हालसम्मको हो। यस्तै एआरभी औषधि लिनेको संख्या भने ९०० पुगेको छ। त्यसमा ४५८ पुरूष, ४४२ महिला र ५० जना बालबालिका छन्। चितवनबाट सेवा लिनेमध्ये १४२ जनाले भने मृत्युवरण गरिसकेका छन्।

नेपालकै कूल तथ्यांक हेर्ने हो भने एचआइभी पत्ता लाग्नेको संख्या २३ हजार १३७ जना पुगेको छ। औषधि सेवन गर्नेको कूल संख्या भने १८ हजार ६२८ जना रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए। नेपालमा नयाँ पत्ता लागेका एचआइभी संक्रमितको संख्या ७९० र हालसम्म मृत्यु भएकाको संख्या ७४० जना रहेका उनले बताए। एचआइभी संक्रमितले सतर्कता अपनाए आफ्नो आयू लम्ब्याउन सकिने भए पनि पछिल्लो समय देखिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनु निकै चुनौतीपूर्ण विषय बनेको उनले बताए।

कोरोना संक्रमणको जोखिम भएका कारण लकडाउनको समयअवधिभर भरतपुरको उपचार केन्द्रले सम्भव भएका स्थानहरूमा बिरामीको घरमै पुगेर परामर्श र औषधि दिने काम गरेको उनले बताए। कोरोना संक्रमणको जोखिम उच्च भएकोले एचआइभी संक्रमितले बढी सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। तै पनि सरकारी निकायबाट एचआइभी संक्रमितको क्षेत्रमा उल्लेख्य मात्रामा काम गरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए। यसलाई अझ विशेष तरिकाले सेवा दिन भरतपुर अस्पतालले पनि सक्दो सहयोग गर्ने अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।

Related Posts

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

निकुञ्जमा छ महिनामा २० गैँडा मरे, चोरीसिकारीले मारे चार गैँडा

निकुञ्जमा छ महिनामा २० गैँडा मरे, चोरीसिकारीले मारे चार गैँडा

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In