भरतपुर । मदन भण्डारी फाउन्डेसन चितवनले अतिरञ्जनापूर्ण आक्षेप र भ्रमणहरुबाट विचलित नहुन सबैमा आह्वान गरेको छ ।
फाउन्डेसनले विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाइएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनापूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आग्रह गरेको हो ।
जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराई र सचिव श्याम बिष्टद्वारा जारी विज्ञप्तिमा कानुन प्रदत्त अधिकार प्रयोग गर्दै संस्थाको लक्ष्यअनुरुप बौद्धिक विमर्श र सामाजिक रुपान्तरणका क्रियाकलापहरुलाई निरन्तर अघि बढाउन समेत सम्पूर्ण सदस्यहरुलाई आह्वान गरिएको छ ।
Discussion about this post